सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्त निद्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्ना ओछ्यानमा सुतेका हुन्छन्,
तब परमेश्वर तिनीहरूको कानमा बोल्नुहोला,
र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्छ।
मानिसलाई त्यसको लापरवाही चालबाट सुधार्नलाई त्यसको अहङ्कार रोक्नलाई
मृत-लोकबाट त्यसको प्राण बचाउनलाई
र तरवारबाट त्यसको जीवन नाश हुनलाई रोक्नुहुन्छ।