यो सुनेर अय्यूब उठे, र तिनले आफ्नो लुगा च्याते। तिनले आफ्नो कपाल खौरे, र भूइँमा घोप्टो परेर दण्डवत् गरी भने,
“म आफ्नी आमाको गर्भबाट नाङ्गै आए,
अनि म नाङ्गै फर्केर जानेछु।
परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो,
परमप्रभुको नाउँ धन्यको होस्।”
यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्।