1
उत्पत्ति 25:23
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्मनेछन्। एक जना अर्कोभन्दा बलवान् हुनेछ, र जेठाले कान्छाको सेवा गर्नेछ।”
तुलना
अन्वेषण गर्नुहोस् उत्पत्ति 25:23
2
उत्पत्ति 25:30
एसावले याकूबलाई भने, “मलाई त्यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्थ्यो।)
अन्वेषण गर्नुहोस् उत्पत्ति 25:30
3
उत्पत्ति 25:21
तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो, र रिबेका गर्भवती भइन्।
अन्वेषण गर्नुहोस् उत्पत्ति 25:21
4
उत्पत्ति 25:32-33
एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्नुहोस्।” तब उनले शपथ खाए, र आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे।
अन्वेषण गर्नुहोस् उत्पत्ति 25:32-33
5
उत्पत्ति 25:26
त्यसपछि त्यसको भाइचाहिँ एसावको कुर्कुच्चा हातले समातेर निस्क्यो। यसैकारण त्यसको नाउँ याकूब राखियो। रिबेकाले यिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।
अन्वेषण गर्नुहोस् उत्पत्ति 25:26
6
उत्पत्ति 25:28
इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्।
अन्वेषण गर्नुहोस् उत्पत्ति 25:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू