1
व्यवस्था 28:1
नेपाली नयाँ संशोधित संस्करण
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 28:1
2
व्यवस्था 28:2
परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्
अन्वेषण गर्नुहोस् व्यवस्था 28:2
3
व्यवस्था 28:13
मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:13
4
व्यवस्था 28:12
परमप्रभुले आकाश, आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:12
5
व्यवस्था 28:7
तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन्।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:7
6
व्यवस्था 28:8
परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष् दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:8
7
व्यवस्था 28:6
भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:6
8
व्यवस्था 28:3
तिमीहरूले सहरमा आशिष् पाउनेछौ, र गाउँ-बस्तीमा आशिष् पाउनेछौ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:3
9
व्यवस्था 28:4
तिमीहरूका सन्तानमाथि आशिष् पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:4
10
व्यवस्था 28:9
परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:9
11
व्यवस्था 28:5
तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा आशिष् पर्नेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:5
12
व्यवस्था 28:11
तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्तान, गाईबस्तु र भूमिको उब्जनीमाथि परमप्रभुले प्रशस्त उन्नति दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:11
13
व्यवस्था 28:10
तब पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन् र तिमीहरूसँग डराउनेछन्।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:10
14
व्यवस्था 28:14
मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:14
15
व्यवस्था 28:15
तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन् र तिमीहरूलाई उछिन्नेछन्
अन्वेषण गर्नुहोस् व्यवस्था 28:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू