हे परमेश्वर, आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस् र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्था हेर्नुहोस्। हामी धर्मी छौं भनेर यो बिन्ती गरेका छैनौं, तर तपाईंको महान् कृपाको कारणले। हे परमप्रभु, सुन्नुहोस्! हे परमप्रभु, क्षमा गर्नुहोस्! हे परमप्रभु, सुन्नुहोस् र कारबाही गर्नुहोस्। हे मेरा परमेश्वर, आफ्नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्।”