“तँचाहिँ हृदयको ईमानदारी र सोझोपनमा तेरो पिता दाऊदझैँ मेरो सामुन्ने हिँड़िस् भने, र मैले आज्ञा गरेका सबै कुरा मान्दै मेरा विधिविधानहरू पालन गरिस् भने, जसरी मैले तेरो पिता दाऊदसँग प्रतिज्ञा गरेर यसो भनें, ‘इस्राएलको सिंहासनमा बस्नलाई मानिसको कहिले पनि अभाव हुनेछैन,’ तेरो राजकीय सिंहासन इस्राएलमाथि सदासर्वदा स्थापित राख्नेछु।