Akara Njirimara YouVersion
Akara Eji Eme Ọchịchọ

उत्‍पत्ति 2

2
1यसरी आकाश, पृथ्‍वी र त्‍यहाँ भएका सबै कुराहरू बनिसकिए। 2#प्रस्‍थान 20:11#हिब्रू 4:4,10र सातौँ दिनसम्‍ममा परमेश्‍वरले आफूले गरेका सबै काम सिध्याउनुभयो र त्‍यो दिन विश्राम लिनुभयो। 3उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र त्‍यसलाई एउटा विशेष दिन गरी अलग छुट्ट्याउनुभयो किनभने त्‍यस दिनसम्‍ममा उहाँले आफूले गरेका सृष्‍टिका काम सिध्याउनुभएर विश्राम गर्नुभएको थियो। 4अनि यसरी विश्‍वको सृष्‍टि गर्नुभयो।
अदनको बगैँचा
5परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको बेलामा पृथ्‍वीमा रूखपात थिएन र कुनै बिउ उम्रेको थिएन किनभने त्‍यतिञ्‍जेलसम्‍म उहाँले पानी वर्षाउनुभएको थिएन र जमिन खनजोत गरी रोप्‍ने कोही मानिस थिएन, 6तर भूइँमुनिबाट पानी उम्रेर आई जमिन भिजाउँथ्‍यो।
7 # १ कोरिन्थी 15:45 तब परमप्रभु परमेश्‍वरले जमिनबाट माटो लिनुभयो र त्‍यसबाट मानिस बनाउनुभयो र उसका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जिउँदो प्राणी भयो।
8तर परमप्रभु परमेश्‍वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बनाउनुभएको मानिसलाई त्यहाँ राख्‍नुभयो। 9#प्रकाश 2:7; 22:2,14उहाँले त्‍यहाँ सबै प्रकारका हेर्नमा असल र खानमा राम्रा फल दिने रूखहरू उमार्नुभयो। बगैँचाका बीचमा जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख पनि लगाइएका थिए।
10अदनमा एउटा नदी बग्‍थ्‍यो र बगैँचालाई भिजाउँथ्‍यो, अदन नाघेर गएपछि त्‍यो नदी भङ्गालो छुट्टिएर चारवटा भएको थियो। 11पहिलो नदी पीशोन हो, यो हवीला देशको चारैपट्टि घुमेर बग्‍छ। 12(त्‍यहाँ निखुर सुन र हतपत नपाइने सुगन्‍ध तेल र दामी पत्‍थरहरू पाइन्‍छन्।) 13दोस्रो नदी गीहोन हो, यो कूश देशको चारैपट्टि बग्‍छ। 14तेस्रो नदी टाइग्रिस हो, यो अश्‍शूर देशको पूर्वमा बग्‍छ अनि चौथो नदी यूफ्रेटिस हो।
15तब परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा त्‍यसको गोड-गाड र हेरचाहा गरोस् भनी राख्‍नुभयो। 16-17उहाँले त्‍यसलाई भन्‍नुभयो, “असल र खराबको ज्ञान दिने रूखको फल छोडेर बगैँचाका अरू सबै रूखका फल तँ खान सक्‍छस्। त्‍यस रूखको फल भने तैँले नखानू, खाइस् भने त्‍यही दिन तँ मर्नेछस्।”
18तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एक्‍लै बस्‍न असल छैन। त्यसको लागि म एउटा सुहाउने सहयोगी बनाइदिनेछु।” 19उहाँले जमिनबाट केही माटो लिनुभयो र सबै पशु र चरा-चुरुङ्गीहरू बनाउनुभयो। तब तिनीहरूलाई के-के नाम दिने रहेछ भनी हेर्नलाई उहाँले तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। त्‍यसरी तिनीहरूले आ-आफ्‍ना नाम पाए। 20त्‍यसरी मानिसले सबै चरा-चुरुङ्गी र पशुहरूलाई नाम दियो तर तीमध्‍ये कुनै पनि उसलाई सुहाउने र सहायता दिने साथी भएन।
21तर परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र त्‍यसरी सुतेको बेलामा उहाँले उसको एउटा करङ निकाल्‍नुभयो र त्‍यसमा मासु भरिदिनुभयो। 22त्‍यस करङबाट उहाँले एउटी नारी बनाउनुभयो र उसकहाँ ल्‍याउनुभयो। 23तब मानिसले भन्‍यो:
“अन्‍तमा, यो त मजस्‍तै रहेछ।
मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु,
यिनलाई ‘स्‍त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।”
24 # मत्ती 19:5; मर्कूस 10:7,8; १ कोरिन्थी 6:16; एफिसी 5:31 त्‍यसैकारण मानिसले आफ्‍ना बुबाआमा छोड्छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ र ती दुई एउटै शरिर हुन्‍छन्। 25ती मानिस र तिनकी पत्‍नी दुवै नाङ्गा थिए तर तिनीहरू लजाउँदैनथे।

Mee ka ọ bụrụ isi

Kesaa

Mapịa

None

Ịchọrọ ka echekwaara gị ihe ndị gasị ị mere ka ha pụta ìhè ná ngwaọrụ gị niile? Debanye aha gị ma ọ bụ mee mbanye

YouVersion na-eji kuki gasị iji hazie ahụmịhe gị. Site na iji webụsaịtị anyị eme ihe, ị na-anabata ojiji kuki anyị gasị dịka akọwara na Iwu Anyị Mebere Banyere Ihe Ndị Ahụ Gbasara Ndụ Ndị Mmadụ Nke Ha Na-Achọghị Ka Ọha Mara