1
मत्ती 19:26
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।”
Usporedi
Istraži मत्ती 19:26
2
मत्ती 19:6
यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”
Istraži मत्ती 19:6
3
मत्ती 19:4-5
उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’ अनि भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’?
Istraži मत्ती 19:4-5
4
मत्ती 19:14
येशूले भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।”
Istraži मत्ती 19:14
5
मत्ती 19:30
तर धेरै जो पहिला छन्, ती पछिल्ला हुनेछन्, र जो पछिल्ला छन्; ती पहिला हुनेछन्।
Istraži मत्ती 19:30
6
मत्ती 19:29
अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ।
Istraži मत्ती 19:29
7
मत्ती 19:21
येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।”
Istraži मत्ती 19:21
8
मत्ती 19:17
येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।”
Istraži मत्ती 19:17
9
मत्ती 19:24
म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
Istraži मत्ती 19:24
10
मत्ती 19:9
म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह सम्बन्ध-विच्छेद गर्दछ, र अर्की स्त्रीलाई विवाह गर्दछ, उसले पनि व्यभिचार गर्दछ।”
Istraži मत्ती 19:9
11
मत्ती 19:23
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म साँच्चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ।
Istraži मत्ती 19:23
Početna
Biblija
Planovi
Videozapisi