1
लूका 19:10
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
Compare
Explore लूका 19:10
2
लूका 19:38
“प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा होस्।”
Explore लूका 19:38
3
लूका 19:9
येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्।
Explore लूका 19:9
4
लूका 19:5-6
जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्नु छ।” तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
Explore लूका 19:5-6
5
लूका 19:8
तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
Explore लूका 19:8
6
लूका 19:39-40
भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!” उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराएर उठ्नेछन्।”
Explore लूका 19:39-40
હોમ
બાઇબલ
યોજનાઓ
વિડિઓઝ