1
मत्ती 8:26
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्वासी हो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।
مقایسه
मत्ती 8:26 را جستجو کنید
2
मत्ती 8:8
तब सेनापतिले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ।
मत्ती 8:8 را جستجو کنید
3
मत्ती 8:10
यो सुनेर येशू आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्वास पाएको छैनँ।
मत्ती 8:10 را جستجو کنید
4
मत्ती 8:13
तब येशूले त्यस सेनापतिलाई भन्नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
मत्ती 8:13 را جستجو کنید
5
मत्ती 8:27
ती मानिसहरू छक्क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।”
मत्ती 8:27 را جستجو کنید
خانه
كتابمقدس
برنامههای مطالعه
ویدیوها