रोमी 12
12
जिउँदो बलिदान
1यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्वरको कृपाद्वारा म विन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो र जिउँदो बलिदानको रूपमा अर्पण गरिदेओ; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो। 2यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ हुवाइमा परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
ख्रीष्टको शरीरको एकतामा सेवा
3किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई चाहिँदो भन्दा बढी नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच। 4किनकि जसरी हामी प्रत्येकको एउटै शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, 5त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौं तथा सबै एक-अर्काका अङ्ग हौं। 6हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने, त्यसले आफ्नो विश्वासअनुसार अगमवाणी गरोस्। 7यदि सेवा गर्ने वरदान छ भने, त्यसले सेवा गरोस्; यदि शिक्षा दिने हो भने, त्यसले शिक्षा देओस्; 8यदि उत्साह दिने हो भने, त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने, उदारतासाथ देओस्; यदि अगुवाइ वरदान हो भने, परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने, प्रसन्नतासाथ कृपा देखाओस्।
प्रेमको कार्य
9प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा रहिरह। 10एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा ज्यादा अरूलाई आदर गर। 11कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर। 12आशामा आनन्दित होओ, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ। 13खाँचोमा परेका परमेश्वरका जनहरूसँग बाँडचुँड गर। पाहुनासत्कार कायम राखिरहो।
14तिमीहरूलाई सताउनेहरूलाई आशिष देओ; तिनीहरूलाई आशिष देओ, श्राप होइन। 15आनन्द गर्नेहरूसँग आनन्दित होऊ; शोक गर्नेहरूसँग शोक गर। 16एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैलाई बुद्धिमानी नसम्झ।
17कसैसँग दुष्टताको बदला दुष्टता नगर। सबैका दृष्टिमा जे असल छ, त्यही गर्न ध्यान देओ। 18तिमीहरूलाई सम्भव भएसम्म सबैसँग शान्तिमा बस। 19मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्वरको क्रोधका लागि छोडिदेओ; किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,”#12:19 व्यव 32:35 परमप्रभु भन्नुहुन्छ। 20तर यसको सट्टामा:
“तिम्रो शत्रु भोकाएको छ भने, त्यसलाई खाना देओ;
यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देऊ।
यसो गर्यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।”#12:20 हितो 25:21, 22
21खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
Currently Selected:
रोमी 12: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.