प्रकाश 16
16
परमेश्वरको क्रोधका सात कचौराहरू
1तब मैले मन्दिरबाट सात स्वर्गदूतहरूलाई चर्को सोरले यसो भनिरहेको सुनें, “जाओ र परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेओ।”
2तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा जमिनमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पूज्ने मानिसहरूमा घिनलाग्दा र कष्टदायक घाउखटिरा निस्क्यो।
3जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, त्यो मरेको मानिसको रगतझैं भइहाल्यो; र समुद्रमा भएका प्रत्येक जीवित प्राणी मर्यो।
4अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले। 5अनि पानीका अधिकारी स्वर्गदूतले यसो भनिरहेका मैले सुनें:
तपाईं जो हुनुहुन्छ, अनि जो हुनुहुन्थ्यो, पवित्र हुनुहुन्छ,
“तपाईं यी न्यायहरूमा न्यायी हुनुहुन्छ;
6किनकि तिनीहरूले तपाईंका सन्तहरू अनि अगमवक्ताहरूका रगत बगाएका छन्,
र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसकै लायक छन्।”
7अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनें:
“हो, सर्वशक्तिमान परमप्रभु परमेश्वर,
तपाईंका न्यायहरू सत्य र न्यायपूर्ण छन्।”
8जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई आगोले मानिसहरूलाई डढाउने अख्तियार दिइयो। 9तिनीहरू प्रचण्ड तापले डढे, अनि तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरलाई सरापे; तर तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।
10जब पाँचौं स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा घनघोर अन्धकार भयो। मानिसहरूले कष्टमा आ-आफ्ना जिब्राहरू टोके, 11अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्चात्ताप गरेनन्।
12जब छैटौं स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; तब पूर्वका राजाहरूको लागि बाटो तयार होस् भनेर त्यसको पानी सुकिहाल्यो। 13तब मैले भ्यागुताहरू जस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखें। 14तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
15“हेर, म चोरझैं आउँछु! त्यो धन्यको हो, जो जागा रहन्छ, अनि जसले आफ्नो वस्त्रको हिफाजत गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।”
16तब ती दुष्ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्ने ठाउँमा भेला गराए।
17जब सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए; तब मन्दिरको सिंहासनबाट यसो भन्ने चर्को आवाज आयो, “अब सिद्धियो!” 18अनि त्यहाँ बिजुलीको चमक, गड्याङ-गुडुङ, मेघ गर्जन र ठूलो भुइँचालो गयो। त्यो भुइँचालो यति ठूलो थियो, कि पृथ्वीमा मानवजाति भएदेखि यता त्यस्तो कहिल्यै गएको थिएन। 19त्यो महान् शहर तीन भागमा टुक्रियो, अनि सबै राष्ट्रहरूका शहरहरू ध्वंस भए। परमेश्वरले महान् बेबिलोनलाई सम्झनुभयो, अनि त्यसलाई आफ्नो भयानक क्रोधको मद्यले भरिएको कचौरा पिउन दिनुभयो। 20प्रत्येक टापू लोप भएर गए, र पहाडहरू हराएर गए। 21आकाशबाट पैंतालीस किलो तौल भएका ठूला-ठूला असिना मानिसहरूमाथि खसे; अनि विपत्ति डरलाग्दो भएकाले असिनाको कारण मानिसहरूले परमेश्वरलाई सरापे।
Currently Selected:
प्रकाश 16: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.