YouVersion Logo
Search Icon

गलाती 3

3
विश्‍वास अथवा व्यवस्था पालन
1हे मूर्ख गलातीहरूहो! कसले तिमीहरूलाई जादूटुनाले वशमा पार्‍यो? तिमीहरूको आँखाअघि नै येशू ख्रीष्‍ट स्पष्‍ट रूपमा क्रूसमा टाँगिनुहुने कुरा बताइएको थियो। 2तिमीहरूबाट म एउटै कुरा मात्र जान्‍न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्‍वास गरेर परमेश्‍वरको आत्मा पायौ त? 3के तिमीहरू त्यति धेरै मूर्ख छौ? मतलब परमेश्‍वरको आत्मामा सुरु भएर के तिमीहरू मानवीय कार्यमा#3:3 मूल भाषामा शरीर नै टुँगिन चाहन्छौ त? 4यदि साँच्‍चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थमा यतिका दुःख भोग्यौ? 5म फेरि पनि सोध्न चाहन्छु, परमेश्‍वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा शक्‍तिशाली कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो, अथवा तिमीहरूले सुनेका सन्देशको विश्‍वासद्वारा गर्नुभएको हो? 6यसरी नै, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, अनि यो उनको निम्ति धार्मिकता गनियो।”#3:6 उत्प 15:6
7अब बुझ कि, विश्‍वास गर्ने जति अब्राहामका छोराछोरीहरू हुन्। 8धर्मशास्त्रले पहिल्यैबाट देखाईसकेको थियो कि, परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अघि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तिमीद्वारा सबै राष्ट्रहरूले आशिष पाउनेछन्।”#3:8 उत्प 12:3; 18:18; 22:18 9त्यसकारण परमेश्‍वरमा विश्‍वास गर्नेहरू जति सबैले, विश्‍वासी अब्राहामलेजस्तै आशिष पाउनेछन्।
10जो जति व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्, किनकि यस्तो लेखिएको छ: “व्यवस्थाको पुस्तकमा लेखिएको सबै कुरो पालन नगर्ने सबैजना श्रापित हुन्।”#3:10 व्यव 27:26 11यो कुरा प्रष्‍ट छ कि, परमेश्‍वरको अघि व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”#3:11 हब 2:4 12व्यवस्थाचाहिँ विश्‍वासमा आधारित हुँदैन, यसको विपरीत “जुन व्यक्‍तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जीवित रहन्छ।”#3:12 लेवी 18:5 13हाम्रा निम्ति श्रापित बनेर व्यवस्थाको श्रापबाट ख्रीष्‍टले हामीलाई उद्धार गर्नुभयो, किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “क्रूसमा झुण्डिने सबै श्रापित हुनेछन्।”#3:13 व्यव 21:23 14उहाँले हामीलाई उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्, अनि विश्‍वासद्वारै हामी परमेश्‍वरको आत्माको प्रतिज्ञा पाउन सकौं।
व्यवस्था र प्रतिज्ञा
15दाजुभाइ-दिदीबहिनीहरूहो, म एउटा प्रचलित उदाहरण दिनेछु। जब मानिसको सहमतिमा करारपत्र पक्‍का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न ता त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ। 16अब्राहाम र उनका सन्तानहरूलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले भन्दैन कि, “अनि उनका सन्तानहरूलाई,” मतलब धेरै मानिसहरूलाई भनेको छैन, तर “तिम्रो सन्तानलाई”#3:16 उत्प 12:7; 13:15; 24:7 भनिएको छ, जसको अर्थ एउटा व्यक्‍ति, जो ख्रीष्‍ट हुनुहुन्छ। 17मेरो मतलब यो हो: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्‍वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन र प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन। 18यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्‍वरले उहाँको अनुग्रहमा एक प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो।
19त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेलको लागि यो व्यवस्था स्वर्गदूतहरूद्वारा एकजना मध्यस्थकर्तालाई सुम्पिइएको थियो। 20एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्‍वर त एउटै हुनुहुन्छ।
21तब के व्यवस्था परमेश्‍वरको प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्‍चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो। 22तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्‍टमा विश्‍वासद्वारा पाइन्छ, र जस-जसले विश्‍वास गर्दछन्, उनीहरूलाई दिइनेछ।
परमेश्‍वरका सन्तान
23तर विश्‍वास आउनु अघि हामी व्यवस्थाको अधीनतामा कैदी भएका थियौं, र विश्‍वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौं। 24यसकारण ख्रीष्‍ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्‍वासद्वारा धर्मी ठहरिन सकौं। 25अहिले त्यो विश्‍वास आएको छ। अब हामी अभिभावकको अधीनतामा छैनौ।
26यसकारण ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका सन्तानहरू हौ। 27किनकि तिमीहरू सबै जतिजनाले ख्रीष्‍टमा बप्‍तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्‍टलाई धारण गरेका छौ। 28अब तिमीहरू न ता यहूदी न गैरयहूदी, न ता सेवक, न फुक्‍का, न ता पुरुष न स्त्री; किनकि ख्रीष्‍ट येशूमा तिमीहरू सबैजना एक हौ। 29यदि तिमीहरू ख्रीष्‍टका हौ भने ता तिमीहरू अब्राहामका वंश हौ र प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।

Currently Selected:

गलाती 3: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in