YouVersion Logo
Search Icon

2 तिमोथी 3

3
1तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्। 2मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, शेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्‍ने, बैगुनी, अपवित्र, 3प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने, 4विश्‍वासघाती, लापरवाही, अहङ्कारले फुलिएका, परमेश्‍वरलाई भन्दा सुख-विलासलाई रुचाउने, 5भक्‍तिको भेष त लिने, तर यसको शक्‍तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
6यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्‍क पसेर, पापहरूले थिचिएका र सबै किसिमका दुष्‍ट इच्छाहरूले शासन गरेका, नैतिकरूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्। 7यस्ता स्त्रीहरू सधैं सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्। 8जसरी यान्‍नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्‍ट भएको हुन्छ, र विश्‍वासमा साँचो हुँदैनन्। 9तर यान्‍नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैं, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।
तिमोथीलाई पावलको आदेश
10तर तिमीलाई त मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्‍वास, धीरज, प्रेम, सहनशीलता, 11सतावटहरू, कष्‍टहरू—एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; र मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्‍वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो। 12वास्तवमा हरेक जसले ख्रीष्‍ट येशूमा भक्‍तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ त सतावटमा पर्ने नै छ। 13जब कि दुष्‍ट मानिसहरू र ठगाहाहरू, ठग्दै र ठगिँदै झन् खराब हुँदै जानेछन्। 14तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्‍वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्। 15तिमीले त बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा पाइने मुक्‍तिमा डोर्‍याउने ज्ञान दिन सक्षम् छ। 16सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्‍वरको सास-फुकाइबाट#3:16 सास-फुकाइ ले परमेश्‍वरको आत्माद्वारा प्रेरणा भएको भन्‍ने अर्थ दिन्छ। हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ। 17जसद्वारा परमेश्‍वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।

Currently Selected:

2 तिमोथी 3: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in