2 पत्रुस 3
3
प्रभुको दिन
1हे प्रिय मित्रहरूहो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले ती दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु। 2म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु।
3सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्ट विचारहरूलाई पछ्याउनेछन्। 4अनि तिनीहरूले भन्नेछन्, “उनले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।” 5परमेश्वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, अनि पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अन्जान रहन चाहन्छन्। 6अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्। 7त्यही शब्दद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्वरहीन मानिसहरूको नाश हुनका लागि जम्मा पारेर आगोको निम्ति जोगाइ राखिएका छन्।
8मेरा प्रिय मित्रहरूहो, यो एउटा कुरा नबिर्स: परमेश्वरको निम्ति एक दिन हजार वर्षझैं छ, र हजार वर्ष एक दिनझैं। 9केही मानिसले ढिलापनको विषयमा सोचेझैं, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
10तर प्रभुको दिन चोरझैं आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ; तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।
11यसरी सबै कुराहरू नाश भएर जाने हुनाले, तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ। 12जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्। 13तर हामी उहाँको प्रतिज्ञाअनुसार एउटा नयाँ स्वर्ग र एउटा नयाँ पृथ्वी पर्खंदैछौं, जो धार्मिकताको घर हो।
14त्यसकारण प्रिय मित्रहरूहो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर। 15अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्। 16उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैं आफ्नै विनाशको निम्ति यसलाई बङ्ग्याउँछन्।
17त्यसकारण प्रिय मित्रहरूहो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले, होसियार होओ; र नियम विहीनका मानिसहरूको गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्। 18तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ।
उहाँलाई अहिले अनि सदा-सर्वदा महिमा होस्! आमेन!
Currently Selected:
2 पत्रुस 3: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.