2 यूहन्ना 1
1
1मण्डली प्रधानबाट,
परमेश्वरद्वारा चुनिएकी स्त्री र तिनका छोराछोरीलाई, जसलाई म सत्यतामा#1:1 सत्यतामा येशू ख्रीष्टमा प्रेम गर्दछु, र मैले मात्र होइन, तर ती सबैले, जसले सत्यलाई चिनेका छन्। 2सत्यताको कारण जुन हामीमा रहन्छ, र सदा-सर्वदाका लागि हामीसँग रहिरहनेछ:
3परमेश्वर पिता र येशू ख्रीष्टबाट, जो पिताको पुत्र हुनुहुन्छ, अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्।
4पिताले हामीलाई जस्तो आज्ञा दिनुभयो, तिम्रा केही छोराछोरीहरू ठीक त्यसै गरी सत्यतामा चलिरहेका छन् भनी भेट्टाएकोमा म धेरै आनन्दित भएको छु। 5हे प्रिय महिला, म तिम्रा लागि नयाँ आज्ञा लेख्दिनँ, तर जो हामीसँग सुरुदेखि नै छ, त्यही लेख्दैछु। म विन्ती गर्दछु, हामी एक-अर्कालाई प्रेम गरौं। 6हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो।
7किनकि म तिमीहरूलाई भन्दछु, धेरैजना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्ट विरोधी हो। 8होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौं, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक। 9हरेक जो बाटो बिराएर अन्यत्र जाँदछ, त्यो ख्रीष्टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्वर हुनुहुन्न; ख्रीष्टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ। 10यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने, त्यसलाई घरमा नलैजाओ, र स्वागत पनि नगर। 11जसले तिनीहरूलाई स्वागत गर्छ, त्यो तिनीहरूका दुष्ट काममा सहभागी बनेको हुन्छ।
12मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्नँ। तर तिमीहरूकहाँ आएर आमनेसामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्दपूर्ण हुन सकोस्।
13परमेश्वरद्वारा चुनिएकी तिम्री बहिनीका छोराछोरीहरूले#1:13 बहिनीका छोराछोरीहरूले भन्नाले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू तिमीलाई अभिवादन पठाएका छन्।
Currently Selected:
2 यूहन्ना 1: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.