भजनसंग्रह 111
111
1परमप्रभुको प्रशंसा गर!
म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
2परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।
मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
3परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।
उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
4परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने
कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
5परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ,
उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ।
6उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि
उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
7प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।
उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
8परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।
ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ।
9परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।
परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
10ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।
मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।
स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।
Currently Selected:
भजनसंग्रह 111: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International