फिलिप्पीहरूलाई पावलको पत्र 2
2
एकतामा रहौ र एक-अर्कोलाई ध्यान देऊ
1मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ? 2यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मेल मिलापसँग एउटै लक्ष्य लिएर बाँच। 3जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान। 4आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर।
निस्वार्थ बन्न ख्रीष्टबाट सिक
5आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।
6ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो।
उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो।
तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।
7परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो,
र मानव हुन जन्मनु भयो।
अनि सेवक हुनु भयो।
8जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो।
अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो।
9ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो,
यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो।
परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।
10उहाँले यसो गर्नुभयो,
ता कि स्वर्गमा, पृथ्वीमा औ पातालमा भएका हरेकले येशूको नाउँमा घुँडा टेकुन्।
11“येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरून्।
जब यसले पिता परमेश्वरको महिमा ल्याउँछ।
परमेश्वरले चाहे जस्तै मानिस बन
12मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर। 13परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।
14कुनै गनगन वा बहस नगरी सबै काम गर। 15तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। 16जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।
17तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु। 18त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।
तिमोथी र इपाफ्रोडाइटसको खबर
19तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु। 20तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। 21अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। 22तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ। 23म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु। 24म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।
25इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु। 26म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए। 27हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन। 28यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन। 29प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ। 30ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै सङ्कटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।
Currently Selected:
फिलिप्पीहरूलाई पावलको पत्र 2: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International