हिब्रूहरूको निम्ति पत्र 13
13
1ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोड्नु हुँदैन। 2मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे। 3जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफू पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दु:खमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।
4सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुइजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ। 5पैसाको मोहदेखि आफूलाई टाढ़ा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ,
“म तिमीलाई कहिल्यै छोड़दिनँ
म तिमीदेखि कहिल्यै भाग्दिनँ।”#व्यवस्था 31:6
6त्यसर्थ ढुक्कसित भनौ,
“प्रभु मेरा सहायक हुनुहुन्छ,
मलाई केही डर हुने छैन।
कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।”#भजन 118:6
7आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। 8येशू ख्रीष्ट हिजो, आज र सधैँ एक समान हुनुहुन्छ।
9किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।
10हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। 11पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्। 12त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। 13यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। 14यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। 15यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। 16अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
17आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
18हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैँ जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ। 19म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढ़ता म केही चाहन्न।
20-21म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
22मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन। 23हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।
24तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई अभिवादन भनिदिनु। इटालीयाबाट आएका सबैको अभिवादन।
25परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्।
Currently Selected:
हिब्रूहरूको निम्ति पत्र 13: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International