YouVersion Logo
Search Icon

भजनसंग्रह 75

75
न्‍यायी परमेश्‍वर
1हामी तपाईंलाई धन्‍यवाद चढाउँछौं, हे परमेश्‍वर!
हामी तपाईंलाई धन्‍यवाद चढाउँछौं। तपाईं कति महान् हुनुहुन्‍छ
र तपाईंले कति उदेकका कामहरू गर्नुभएको छ, सो हामी घोषणा गर्दछौं।
2परमेश्‍वर भन्‍नुहुन्‍छ, “मैले न्‍यायको दिन तोकेको छु
र म धर्मसित निसाफ गर्नेछु।
3हरेक जिउँदो प्राणी कामे पनि
र पृथ्‍वी आफैं थर्के पनि
म त्‍यसको जग दरिलो पार्नेछु।
4दुष्‍टलाई घमण्‍डी नहुन म भन्‍दछु,
5तिनीहरूलाई आफ्‍ना घमण्‍डका कुरा बन्‍द गर्न भन्‍दछु।”
6निसाफ पूर्व वा पश्‍चिमदेखि,
उत्तर वा दक्षिणदेखि आउँदैन।
7परमेश्‍वर आफैं न्‍यायकर्ता हुनुहुन्‍छ,
उहाँले कसैलाई दोषी र अरू कसैलाई निर्दोष ठहराउनुहुन्‍छ।
8परमप्रभुले आफ्‍ना हातमा आफ्‍नो क्रोधको कडा मद्यले भरिएको कचौरा समात्‍नुभएको छ।
उहाँले कचौरा खन्‍याउनुहुन्‍छ
र सबै दुष्‍ट मानिसहरूले त्‍यसबाट पिउँदछन्,
आखिरी थोपोसम्‍म तिनीहरूले पिउँछन्।
9तर मचाहिँ याकूबका परमेश्‍वरबारे कुरा गर्न वा उहाँको प्रशंसा गाउन
कहिल्‍यै बन्‍द गर्नेछैनँ।
10उहाँले दुष्‍टको शक्ति तोड्‍नुहुनेछ,
तर धर्मीको शक्ति बढ्‍नेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 75