YouVersion Logo
Search Icon

भजनसंग्रह 26

26
असल मानिसको प्रार्थना
1हे परमप्रभु! मलाई निर्दोष ठहराउनुहोस्
किनभने जे ठीक छ, सो म गर्दछु
र तपाईंमा पूरा भरोसा राख्‍छु।
2हे परमप्रभु! मलाई जाँच्‍नुहोस्
र मेरो परीक्षा लिनुहोस्,
मेरा सोच र इच्‍छामाथि विचार गर्नुहोस्।
3तपाईंको अटुट प्रेमले मलाई बाटो देखाउँछ,
तपाईंको विश्‍वासयोग्‍यताले मलाई सधैँ डोर्‍याउँछ।
4म बेकामका मानिसहरूको साथ लाग्‍दिनँ,
कपटीहरूसँग मेरो केही काम छैन।
5दुष्‍ट मानिसहरूको सङ्गत म घृणा गर्दछु
र दुष्‍ट मानिसहरूदेखि जोगिंदछु।
6हे परमप्रभु! म निर्दोष छु भनी बताउन म आफ्‍ना हात धुन्‍छु,
म तपाईंको वेदीको चारैपट्टि तपाईंको दण्‍डवत् गर्दै फेरो लगाउँछु।
7म धन्‍यवादको भजन गाउँछु
र तपाईंका सबै उदेकका कामबारे वर्णन गर्दछु।
8हे परमप्रभु! म तपाईंको बासस्‍थान,
तपाईंको महिमा रहने ठाउँलाई प्रेम गर्दछु।
9पापीहरूसँग मलाई नाश नपार्नुहोस्,
हत्‍याराहरूको कुगतिदेखि मलाई बचाउनुहोस्।
10ती हत्‍याराहरू सधैँ खराबी गर्न
र घुस लिन तयार रहन्‍छन्।
11मेरो बारेमा भनूँ– जे ठीक छ, सो म गर्दछु,
मलाई दया गर्नुहोस् र बचाउनुहोस्।
12म सबै विपत्तिदेखि बाँचेको छु,
उहाँका जनहरू भेला भएको सभामा म परमप्रभुलाई प्रशंसा गर्छु।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 26