भजनसंग्रह 118
118
विजयको लागि धन्यवाद प्रार्थना
1 #
१ इतिहास 16:34; २ इतिहास 5:13; 7:3; एज्रा 3:11; भजनसंग्रह 100:5; 106:1; 107:1; 136:1; यर्मिया 33:11 परमप्रभुलाई धन्यवाद चढाओ
किनभने उहाँ असल हुनुहुन्छ
र उहाँको प्रेम अमर छ।
2इस्राएलका प्रजाले भनून्,
“उहाँको प्रेम अमर छ।”
3परमेश्वरका पूजाहारीहरूले भनून्,
“उहाँको प्रेम अमर छ।”
4उहाँलाई पुज्नेहरू सबैले भनून्,
“उहाँको प्रेम अमर छ।”
5मेरा कष्टमा मैले परमप्रभुलाई पुकारें,
उहाँले मलाई जवाफ दिनुभयो र छुटकारा दिनुभयो।
6 #
हिब्रू 13:6
परमप्रभु मसँग हुनुहुन्छ, म डर मान्दिनँ,
कसले मलाई के गर्न सक्छ र?
7परमप्रभुले मलाई सहायता दिनुहुन्छ।
मैले आफ्ना शत्रुहरू हारेको देख्नेछु।
8मानिसमा भर पर्नुभन्दा परमप्रभुमा
भरोसा गर्नु अझै असल हो।
9मानिसका अगुवाहरूमा भर पर्नुभन्दा
परमप्रभुमा भरोसा गर्नु अझै असल हो।
10धेरै शत्रुहरू मेरा चारैपट्टि थिए,
तर परमप्रभुको शक्तिले मैले तिनीहरूलाई नाश गरें।
11हरेक दिशाबाट तिनीहरूले मलाई घेरेका थिए,
तर मैले तिनीहरूलाई परमप्रभुको शक्तिद्वारा नाश गरें।
12मौरीझैँ तिनीहरू मेरा चारैपट्टि भुनभुन गरी उड्दथे,
तर काँडाका बोटमा लागेको आगोजस्तै ती डढिगए,
मैले परमप्रभुको शक्तिद्वारा तिनीहरूलाई नाश पारें।
13डरलाग्दो प्रकारले ममाथि हमला भयो र मैले हार्न लागेको थिएँ,
तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
14 #
प्रस्थान 15:2; यशैया 12:2 परमप्रभुले मलाई बलियो र शक्तिमान् बनाउनुहुन्छ,
उहाँले मलाई बचाउनुभएको छ।
15परमेश्वरका प्रजाका पालहरूमा भएको विजयको आनन्दको स्वर सुन:
“परमप्रभुको परमशक्तिले यो भएको हो।
16उहाँको शक्तिले, युद्ध गर्ने उहाँको परमशक्तिले
हामीलाई विजय दिएको हो।”
17म मर्नेछैनँ, त्यसको सट्टामा म बाँचिरहनेछु
र परमप्रभुले जे गर्नुभएको छ, त्यो जोडले भन्नेछु।
18उहाँले मलाई कठोर दण्ड त दिनुभयो,
तर मेरो मृत्यु भने हुन दिनुभएन।
19मन्दिरका ढोकाहरू मलाई खोलिदेऊ,
म भित्र पसेर परमप्रभुलाई धन्यवाद चढाउनेछु।
20यो परमप्रभुको ढोका हो,
धर्मीहरूले मात्र यसभित्र पस्न पाउँछन्।
21परमप्रभु, म तपाईंको प्रशंसा गर्छु
किनभने तपाईंले मेरो बिन्ती सुन्नुभएको छ
र मलाई विजय दिनुभएको छ।
22 #
लूका 20:17; प्रेरित 4:11; १ पत्रुस 2:7 #
मत्ती 21:42; मर्कूस 12:10,11 घर बनाउनेहरूले बेकामको भनेर फ्याँकेको ढुङ्गाचाहिँ
शिर-ढुङ्गा भएको छ।
23यो परमप्रभुले गर्नुभएको हो;
यो कति उदेकको कुरा छ!
24आज परमप्रभुको विजयको दिन हो,
हामी आनन्द गरौं र उत्सव मनाऔं।
25 #
मत्ती 21:9; मर्कूस 11:9; यूहन्ना 12:13 हामीलाई बचाउनुहोस्, परमप्रभु, हामीलाई बचाउनुहोस्!
हामीलाई सफल गराउनुहोस्, हे परमप्रभु!
26 #
मत्ती 21:9; 23:39; मर्कूस 11:9; लूका 13:35; 19:38; यूहन्ना 12:13 परमप्रभुको नाममा आउनुहुनेलाई परमेश्वरले आशिष् देऊन्,
परमप्रभुको मन्दिरबाट हामी तपाईंलाई आशीर्वाद दिन्छौं।
27परमप्रभु परमेश्वर हुनुहुन्छ,
उहाँले हामीमाथि भलाइ गर्नुभएको छ।
हातमा हाँगाबिंगा लिएर चाड मनाउन सुरु गर
र वेदीको चारैतिर फेरो लाओ।
28तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
म तपाईंलाई धन्यवाद चढाउँदछु,
म तपाईंको महान्ताबारे ठूलो स्वरले भन्नेछु।
29परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ
र उहाँको प्रेम अमर छ।
Currently Selected:
भजनसंग्रह 118: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.