YouVersion Logo
Search Icon

मत्ती 4

4
शैतानले येशूलाई पापमा फसाउन खोजेको
(मर्कूस १:१२-१३; लूका ४:१-१३)
1 # हिब्रू 2:18; 4:15 त्‍यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्‍माले येशूलाई उजाड-स्थानमा लानुभयो। 2उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्‍म केही पनि खानुभएन। त्‍यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो। 3त्‍यसै बेला शैतानले उहाँकहाँ आएर भन्‍यो, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यी ढुङ्गाहरूलाई रोटी होइजा भन्‍नुहोस्।” 4#व्यवस्था 8:3येशूले जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– खानेकुराले मात्रै मानिस बाँच्‍तैन, तर ऊ परमेश्‍वरको मुखबाट निक्‍लेको हरेक बोलीले बाँच्‍दछ।”
5त्‍यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्‍यो र मन्‍दिरको टुप्‍पोमा पुर्‍याएर भन्‍यो, 6#भजनसंग्रह 91:11,12“यदि साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने लौ यहाँबाट तल हाम फाल्‍नुहोस् किनभने धर्मशास्‍त्रमा यसरी लेखिएको छ–
‘परमेश्‍वरले तिम्रो लागि आफ्‍ना स्‍वर्गदूतहरूलाई खटाउनुहुनेछ
र ढुङ्गाले तिम्रा खुट्टामा चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्‍नेछन्’।”
7 # व्यवस्था 6:16 येशूले भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरको जाँच नगर्‌’।”
8फेरि शैतानले येशूलाई एउटा अग्‍लो पहाडमा लग्‍यो र संसारका सबै राज्‍य र तिनीहरूको चमक देखाउँदै भन्‍यो, 9“मलाई ढोग्‍नुभयो भने यी सबै राज्‍यहरू तपाईंलाई दिनेछु।” 10#व्यवस्था 6:13येशूले भन्‍नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्‍त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्‌’।”
11शैतानले येशूलाई छोडेर गयो अनि स्‍वर्गदूतहरू आएर येशूको सेवा गरे।
येशूले गालीलमा आफ्‍नो काम सुरु गर्नुभएको
(मर्कूस १:१४-१५; लूका ४:१४-१५)
12 # मत्ती 14:3; मर्कूस 6:17; लूका 3:19,20 यूहन्‍ना थुनामा परेका छन् भन्‍ने कुरा सुनेर येशू गालीलतिर जानुभयो। 13#यूहन्‍ना 2:12तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्‍न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्‍ताली कुलका क्षेत्रमा पर्थ्‍यो। 14यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो।
15 # यशैया 9:1,2 “यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्‍ताली कुलका मानिसहरू हो
अनि गालीलमा बस्‍ने अरू जातिका मानिसहरू हो!
16अन्‍धकारमा बस्‍नेहरूले ठूलो उज्‍यालो देख्‍नेछन्।
मृत्यु र अन्‍धकारमा परेकाहरू,
तिमीहरूमाथि त्‍यो ठूलो उज्‍यालो चम्‍कनेछ।”
17 # मत्ती 3:2 त्‍यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्‍नुभयो, “आ-आफ्‍नो पापलाई मानिलिएर त्‍यसलाई छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।”
येशूले जलाहारीहरूलाई बोलाउनुभएको
(मर्कूस १:१६-२०; लूका ५:१-११)
18एक दिन गालील तालको किनारै-किनार हिँडिरहनुहुँदा येशूले दुई जना जलाहारीलाई जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू पत्रुस भनिने सिमोन र उनका भाइ अन्‍द्रियास थिए। 19येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मान्‍छे समात्‍ने जलाहारी बनाउनेछु।” 20यो सुन्‍नेबित्तिकै तिनीहरूले आफ्‍ना जालहरू छोडेर येशूको पछि लागे।
21त्‍यसपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई भेट्‍नुभयो। तिनीहरू आफ्‍ना बुबा जब्‍दियासँग नाउमा बसेर जाल तुन्‍दै थिए। येशूले तिनीहरूलाई पनि बोलाउनुभयो। 22तब तिनीहरूले तुरुन्‍तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे।
येशूका शिक्षा, प्रचार र चङ्गाइ
(लूका ६:१७-१९)
23 # मत्ती 9:35; मर्कूस 1:39 येशू गालील क्षेत्रभरि घुम्‍नुभयो। उहाँ ठाउँ-ठाउँमा भएका सभाघरहरूमा जानुभयो र मानिसहरूलाई शिक्षा दिएर परमेश्‍वरको राज्‍य आइसक्‍न लाग्‍यो भन्‍ने सुसमाचार सुनाउनुभयो। उहाँले भेटे जति किसिम-किसिमका रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो। 24त्‍यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्‍यो। मानिसहरूले सबै किसिमका रोग र व्‍यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्‍याए। तिनीहरूमध्‍ये कसैलाई दुष्‍टात्‍मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो। 25धेरै मानिसहरूले उहाँलाई पछ्याए। ती मानिसहरू गालील क्षेत्र, दश सहर भन्‍ने क्षेत्र, यरूशलेम सहर, यहूदिया क्षेत्र र यर्दन नदीको पारिबाट आएका थिए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in