YouVersion Logo
Search Icon

मलाकी 4

4
परमप्रभुको दिन
1सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिन आउँदै छ, त्‍यो दिनचाहिँ आगोको भट्टीजस्‍तै जल्‍नेछ, तब सबै घमण्‍डी र दुष्‍ट मानिसहरू परालजस्‍तै हुनेछन् र आइरहेको त्‍यो दिनले तिनीहरूलाई जलाइदिनेछ। त्‍यस्‍तो हुनेछ कि न त जरा न हाँगा नै रहनेछ। 2तर तिमीहरू मेरा आज्ञापालन गर्नेहरूमाथि मेरो उद्धारको शक्ति सूर्य उदाएझैँ आउनेछ र त्‍यसले सूर्यको किरणजस्‍तै चङ्गाइ ल्‍याउनेछ। गोठबाट फुक्‍का छोडिएका बाछाहरूझैँ तिमीहरू खुसीले उफ्रनेछौ। 3जुन दिन म यो काम गर्नेछु, त्‍यो दिन तिमीहरूले दुष्‍टहरूलाई कुल्‍चनेछौ र तिनीहरू तिमीहरूका पैतालामुनिका धुलोझैँ हुनेछन्।
4“मैले सीनै पर्वतमा सबै इस्राएलीहरूले पालन गर्न मेरो सेवक मोशालाई दिएका व्‍यवस्‍था, नियमहरू र आज्ञाहरूको सम्‍झना गर।
5 # मत्ती 11:14; 17:10-13; मर्कूस 9:11-13; लूका 1:17; यूहन्‍ना 1:21 “तर परमप्रभुको त्‍यो महान् र डरलाग्‍दो दिन आउनुअघि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु। 6त्‍यसले बुबाहरूका हृदय छोरा-छोरीहरूतिर र छोरा-छोरीहरूका हृदय बुबाहरूतिर फर्काउनेछ। नत्र त मैले आएर तिमीहरूको देशलाई नाश पार्नुपर्नेछ।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for मलाकी 4