लेवी 24
24
पानसहरूको जतन
1-2परमप्रभुले यी तलका आज्ञाहरू इस्राएलका मानिसहरूलाई दिनू भनी मोशालाई भन्नुभयो, पवित्र पालका पानसहरूको निम्ति सबैभन्दा असल र चोखो जैतुनको तेल ल्याओ र निरन्तर बत्ती बलिरहोस्। 3हरेक बेलुका हारूनले ती जलाउनेछ र बिहानसम्म बालिराख्नेछ। हारूनले ती पानस करारको सन्दुकको सामुन्ने पर्दाको बाहिरपट्टि, जो महा-पवित्र स्थान हो, परमप्रभुको उपस्थितिमा बाल्नेछ। यो नियम सदाकालको निम्ति मान्नुपर्छ। 4हारूनले निखुर सुनको सामदानमा भएका पानसहरूको जतन गर्नेछ र परमप्रभुको अघि ती निरन्तर बालिराख्ने कुरामा ध्यान दिनेछ।
परमप्रभुलाई चढाइएको रोटी
5 #
प्रस्थान 25:30
बाह्र किलोग्राम पिठो लिएर बाह्रवटा रोटी बनाऊ। 6परमप्रभुको अघि राखेको निखुर सुनले मोहोरेको टेबिलमाथि ती रोटीहरू दुई लहर पारेर एक-एक लहरमा ६-६ वटा रोटी गरिराख्नू। 7रोटीका लहरहरूमाथि केही चोखो धूप राख्नू। त्यो धूप रोटीको सट्टामा परमप्रभुलाई चढाएको होमबलिको चिन्ह स्वरूप हुनेछ। 8आइन्दा सबै समय, हरेक पवित्र विश्रामवारको दिन रोटी परमप्रभुको अघि चढाइनुपर्छ। यो सदासर्वदा इस्राएलीहरूको कर्तव्य हुनेछ। 9#मत्ती 12:4; मर्कूस 2:26; लूका 6:4रोटीहरू हारून र त्यसका सन्तानका हुन्, ती तिनीहरूले कुनै पवित्रस्थानमा खानेछन् किनभने त्यो परमप्रभुकहाँ पूजाहारीहरूको निम्ति चढाइएका भोजनको अति पवित्र हिस्सा हो।
न्याय र उचित सजायको उदाहरण
10-11एक जना मानिस थियो। त्यसका बुबा मिश्री र आमा इस्राएली थिए। आमाको नाम शलोमीत थियो अनि त्यो दान कुलका दिब्रीकी छोरी थिई। त्यस मानिसको एक जना इस्राएलीसित छाउनीमा झगडा भयो। झगडा भएको बेलामा त्यस मानिसले परमेश्वरलाई सराप्यो र त्यसलाई तिनीहरूले मोशाकहाँ लगे 12र त्यसलाई तिनीहरूले पहरादारको जिम्मामा राखे र परमप्रभुले त्योसित के गर्न भन्नुहुन्छ, सो पर्खेर बसे।
13परमप्रभुले मोशालाई भन्नुभयो, 14“त्यस मानिसलाई छाउनीदेखि बाहिर लैजा। त्यसले सराप दिएको ज-जसले सुने, तिनीहरूले त्यो दोषी हो भनी साक्षी दिँदै त्यसको टाउकोमा आ-आफ्ना हात राखून्। त्यसपछि सारा समूहले त्यसलाई ढुङ्गाले हिर्काएर मारून्। 15तब इस्राएलका मानिसहरूलाई भन् कि जसले परमेश्वरलाई सराप्दछ, त्यसले त्यसको फल भोग्नुपर्छ 16र त्यो मारिनुपर्छ। कुनै इस्राएलीले वा इस्राएलमा बास गर्ने कुनै विदेशीले परमप्रभुलाई सराप्यो भने सारा जन-समूहले त्यसलाई ढुङ्गाले हानेर मारून्।
17 #
प्रस्थान 21:12
“जसले मानिसको हत्या गर्छ, त्यो मारिनुपर्छ। 18अनि जसले अर्काको पशुलाई मार्छ, त्यसले त्यसको सट्टामा पशु नै दिनुपर्नेछ। यो प्राणको बदलीमा प्राण हो।
19“एउटा मानिसले अर्को मानिसलाई चोट लगायो भने त्यसलाई पनि त्यसले चोट लाइदिनू। 20#प्रस्थान 21:23-25; व्यवस्था 19:21; मत्ती 5:38त्यसले हड्डी भाँचिदिएको छ भने त्यसको पनि एउटा हड्डी भाँचिदिनू, त्यसले कसैको एउटा आँखा फुटाइदिएको छ भने त्यसको पनि एउटा आँखा फुटाइदिनू, कसैको दाँत झारिदिएको छ भने त्यसको पनि एउटा दाँत झारिदिनू। त्यसले अर्कालाई जस्तो चोट लाएको छ, त्यस्तै चोट त्यसलाई पनि लाइदिनू। 21जसले पशु मार्छ, त्यसले पशु फिर्ता दिनुपर्नेछ तर जसले मानिस मार्छ, त्यो पनि मारिनुपर्छ। 22#गन्ती 15:16यो नियम इस्राएलीहरू र तिमीहरूसित बास गर्ने विदेशीहरू सबैले मान्नुपर्नेछ किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
23जब मोशाले यी कुरा इस्राएलका मानिसहरूलाई भनिसके, तिनीहरूले त्यस मानिसलाई छाउनीको बाहिर लगेर मरून्जेल ढुङ्गाले हाने। यसरी इस्राएलका प्रजाले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार काम गरे।
Currently Selected:
लेवी 24: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.