लेवी 20
20
दुष्टलाई दण्ड
1-2परमप्रभुले इस्राएलीहरूलाई यी कुराहरू भन्नू भनी मोशालाई अराउनुभयो, “तिमीहरूमध्ये कसैले वा तिमीहरूमाझ बस्ने कुनै विदेशीले आफ्नो छोरा वा छोरीलाई मोलेख देवताको पूजामा चढाउनको निम्ति दियो भने त्यसलाई सारा जन-समूहले ढुङ्गाले हिर्काएर मारून्। 3यदि कसैले आफ्नो एउटा बालक मोलेखलाई दिएर मेरो पवित्र पाल अशुद्ध पार्यो अनि मेरो पवित्र नामको अनादर गर्यो भने म त्यसको विरुद्धमा खडा हुनेछु र त्यसलाई मेरो जन ठान्नेछैनँ। 4तर जन-समूहले त्यसको काम नदेखेझैँ गर्यो र त्यसलाई मारेन भने 5त्यो, त्यसको पूरा परिवार र मसित अविश्वासी बनेर मोलेखलाई पुज्ने काममा त्यसलाई साथ दिने सबैजनाका विरुद्धमा म आफैं खडा हुनेछु। तिनीहरूलाई म आफ्ना जन ठान्नेछैनँ।
6“मृत-आत्मासित सोधपूछ गर्ने मानिसहरूकहाँ सल्लाह लिन जानेलाई म विरोध गर्नेछु र आफ्नो जन भनी ग्रहण गर्नेछैनँ। 7आफैंलाई पवित्र राख किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 8मेरा नियमहरू पालन गर किनभने म परमप्रभु हुँ र म तिमीहरूलाई पवित्र बनाउँदछु।”
9 #
प्रस्थान 21:17; मत्ती 15:4; मर्कूस 7:10 परमप्रभुले यी तलका नियमहरू दिनुभयो, जसले आफ्ना बुबा वा आफ्नी आमालाई सराप्दछ, त्यसलाई मार्नू। आफ्नो मृत्युको लागि त्यो आफैं जिम्मेवार हुन्छ।
10 #
प्रस्थान 20:14; लेवी 18:20; व्यवस्था 5:18 कुनै इस्राएलीले अर्काकी स्वास्नीसित व्यभिचार गर्यो भने त्यो पुरुष र स्त्री दुवैलाई मार्नू। 11#लेवी 18:8; व्यवस्था 22:30; 27:20आफ्नो बुबाका कुनै पनि स्वास्नीसित सम्भोग गर्ने मानिसले बुबाको अनादर गर्छ, त्यो पुरुष र स्त्री दुवै मारिनुपर्छ। आफ्ना मृत्युको लागि ती दुवै आफैं जिम्मावार छन्। 12#लेवी 18:15कुनै पुरुषले आफ्नी बुहारीसित सम्भोग गर्यो भने ती पुरुष र स्त्री दुवै मारिनुपर्छ। तिनीहरूले अनुचित सहवास गर्छन् र आफ्ना मृत्युको लागि आफैं जिम्मेवार छन्। 13#लेवी 18:22पुरुष-पुरुषको बीचमा सम्भोग गरे भने तिनीहरूले घिनलाग्दो काम गर्छन् र दुवै मारिनुपर्छ। तिनीहरू आफ्ना मृत्युको लागि आफैं जिम्मेवार छन्। 14#लेवी 18:17; व्यवस्था 27:23कसैले आमा र छोरी दुवैलाई राख्यो भने तीनै जनालाई तिनीहरूले गरेको लाजमर्दो कामको निम्ति आगोमा जलाएर मारिनुपर्छ, तिमीहरूका बीचमा यस्तो कुरा हुनुहुन्न। 15#प्रस्थान 22:19; लेवी 18:23; व्यवस्था 27:21कसैले पशुसित सम्भोग गर्यो भने त्यो र पशु दुवै मारिनुपर्छ। 16कुनै स्त्रीले पशुसित सम्भोग गर्न चेष्टा गरी भने त्यो र पशु दुवै मारिनुपर्छ। आफ्ना मृत्युको लागि तिनीहरू आफैं जिम्मेवार छन्।
17 #
लेवी 18:9; व्यवस्था 27:22 कोही मानिसले आफ्नै वा झट्केली दिदी वा बहिनीलाई राख्यो भने तिनीहरूलाई सारा जन-समूहको सामुन्ने अपमान गरेर समाजबाट धपाइदिनू। त्यसले आफ्नी दिदी वा बहिनीसित सम्भोग गरेको छ र त्यसको फल भोग्नुपर्छ। 18#लेवी 18:19मासिक-धर्म हुँदै गरेकी स्त्रीसित कसैले सम्भोग गर्छ भने तिनीहरू दुवैलाई जन-समूहबाट बाहिर निकालिदिनू किनभने तिनीहरूले विधिअनुसार शुद्ध रहने नियम तोड्दछन्।
19 #
लेवी 18:12-14
कसैले ठूली आमा, सानी आमा वा फुपूसित सम्भोग गर्यो भने त्यसको फल ती दुवैले भोग्नुपर्छ। 20कसैले मामा वा काका वा ठूलो बुबाकी स्वास्नीसित सम्भोग गर्यो भने त्यसले तिनीहरूको अनादर गर्छ, त्यो र स्त्री दुवैले दण्ड भोग्नेछन् र तिनीहरू निसन्तान हुनेछन्। 21#लेवी 18:16कुनै मानिसले दाजु वा भाइकी स्वास्नी राख्यो भने ती दुई निसन्तान मर्नेछन्। त्यसले विधिअनुसार अशुद्ध काम गर्छ र दाजुभाइको अनादर गर्छ।
22परमप्रभुले भन्नुभयो, “मेरा नियम र आज्ञाहरू सबै पालन गर।
त्यसो भए कनान देशमा, जहाँ म तिमीहरूलाई लिई आउँदै छु, तिमीहरूलाई फ्याँकिदिनेछैनँ। 23त्यस देशमा बास गर्ने मानिसहरूका रीतिविधि तिमीहरूले नसिक्नू। म ती मूर्ति, देवदेवता पुज्नेहरूलाई धपाउँदछु र तिमीहरू त्यस देशमा पस्न सक्नेछौ। तिनीहरूले गरेका दुष्ट चलनले मलाई विरक्त पारिसक्यो। 24तर मैले यो धनी र मलिलो देश तिमीहरूको सम्पत्तिको निम्ति प्रतिज्ञा गरेको छु, म यो तिमीहरूलाई दिनेछु। म तिमीहरूका परमेश्वर हुँ र मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु। 25त्यसकारण तिमीहरूले विधिअनुसार शुद्ध वा अशुद्ध पशु वा पंक्षीहरूलाई ठीक-ठीक गरी छुट्ट्याउनुपर्नेछ। अशुद्ध पशु वा पंक्षी नखानू। मैले तिनीहरूलाई अशुद्ध ठहर्याएको छु र ती खानाले तिमीहरू अशुद्ध हुनेछौ। 26तिमीहरू पवित्र रहेर मेरा निज जाति हुनेछौ किनभने म परमप्रभु हुँ अनि पवित्र छु। तिमीहरू मेरा निजी प्रजा होओ भनेर मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।
27“जुन पुरुष वा स्त्रीले मृत-आत्माहरूसित सल्लाह लिने काम गर्छ, त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू, आफ्नो मृत्युको लागि त्यो आफैं जिम्मेवार हुन्छ।”
Currently Selected:
लेवी 20: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.