YouVersion Logo
Search Icon

यशैया 64

64
1किन तपाईं आकाश च्‍यातेर ओर्लनुहुन्‍न? पर्वतहरूले तपाईंलाई देख्‍नेथिए र डरले थरथर हुनेथिए। 2आगोमा पानी उम्‍लेझैँ तिनीहरू थरथरी काम्‍नेथिए। आउनुहोस् र आफ्‍नो शक्ति आफ्‍ना शत्रुहरूलाई प्रकट गर्नुहोस् र आफ्‍नो उपस्‍थितिले जाति-जातिलाई थर्कमान पार्नुहोस्! 3एउटा यस्‍तो समय थियो, जब तपाईं आउनुभएर हामीले नचिताएका डरलाग्‍दा कामहरू गर्नुहुन्‍थ्‍यो, पर्वतहरूले तपाईंलाई देख्‍थे र डरले थरथरी हुन्‍थे। 4#१ कोरिन्थी 2:9तपाईंजस्‍तो परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेका वा सुनेका छैनन्। तपाईंले आफूमाथि आशा राख्‍नेहरूका निम्‍ति कस्‍ता-कस्‍ता कामहरू गर्नुहुन्‍छ। 5ठीक कुरो गर्न आनन्‍द पाउनेहरू र तपाईंको बाटोमा हिँड्‍नेहरूलाई तपाईंले सहायता गर्नुहुन्‍छ, तपाईं हामीहरूसित रिसाउनुभयो तर हामीले पाप गरिरह्यौं, तपाईंको महान् क्रोध छँदाछँदै पनि हामीले उहिलेको समयदेखि खराबी गर्दै आएका छौं, हामीले कसरी उद्धार पाउन सक्‍छौं? 6हामी सबैले पाप गरेका छौं। हाम्रा उत्तम सम्पूर्ण कार्यहरू पनि पूरै नै मैला थाङ्नाझैँ छन्। हाम्रा पापका कारणले गर्दा हामी ओइलिजाने र बतासले उडाइलैजाने पातझैँ छौं। 7कोही प्रार्थना गर्न तपाईंतिर फर्कंदैनन्। कोही मद्दतको लागि तपाईंकहाँ जाँदैनन्। हाम्रा पापले गर्दा तपाईं हामीदेखि लुक्‍नुभएको छ र हामीलाई त्‍याग्‍नुभएको छ।
8तर परमप्रभु, तपाईं हाम्रो बुबा हुनुहुन्‍छ। हामी माटोजस्‍तो छौं र तपाईं कुमालेजस्‍तो हुनुहुन्‍छ। तपाईंले हाम्रो सृष्‍टि गर्नुभयो। 9यसकारण हामीहरूसित साह्रै नरिसाउनुहोस् अथवा हाम्रा पाप सधैँभरि नसम्‍झिदिनुहोस्, हामीहरू सबै तपाईंका जनहरू हौं र हामीमाथि कृपा गर्नुहोस्। 10तपाईंका पवित्र सहरहरू मरुभूमिजस्‍तै भइसके। यरूशलेम पनि उजाड र ध्‍वस्‍त भएको छ 11र हाम्रा मन्‍दिर, सुन्‍दर र पवित्रस्‍थान, हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्ने सुन्‍दर र पवित्र मन्‍दिर आगोले भस्‍म पारेको छ। हामीले मरिमेटेका सबै थोकहरू ध्‍वस्‍त भएका छन्। 12हे परमप्रभु, के यी सबै कुराले तपाईंको हृदयलाई छुँदैन? के तपाईंले केही गर्नुहुन्‍न? के हामीले सहन नसक्‍ने कष्‍ट तपाईंले हामीलाई भोग्‍न लगाउनुहुन्‍छ?

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in