यशैया 50
50
1परमप्रभु भन्नुहुन्छ,
“के मानिसले आफ्नी स्वास्नीलाई छुटानाम गरेझैँ
मैले तेरा प्रजालाई छोडेको हो भनी तिमीहरू ठान्छौ?
त्यसो भए, छोड-पत्र कहाँ छ त?
के मानिसले ऋण तिर्न आफ्ना छोरा-छोरीलाई कमारा बनाएर बेचेझैँ
मैले तिमीहरूलाई कैदमा बेचेको हो भन्ठान्छौ?
होइन, तिमीहरू आफ्ना पापले गर्दा कैदी बनेर जानुपरेको हो,
आफ्ना अपराधले गर्दा लखेटिएका हौ।
2“मैले मेरा प्रजालाई बचाउन जाँदा किन तिनीहरू आएनन्?
मैले बोलाउँदा किन तिनीहरूले जवाफ दिएनन्?
के म तिनीहरूलाई बचाउन नसक्ने प्रकारले कमजोर छु र?
म आफ्नो एउटा आज्ञाले सागरलाई सुख्खा पार्न र नदीहरूलाई मरुभूमि बनाउन सक्छु
र पानी नपाएर त्यहाँ माछाहरू मर्नेछन्।
3मुर्दाहरूको लागि शोक गरेंझैँ पारेर
म आकाशलाई अँध्यारो पार्न सक्छु।”
परमप्रभुको सेवकको आज्ञाकारीता
4थाकेकोलाई बल दिन सकूँ भनेर
सार्वभौम परमप्रभुले मलाई सिकाउनुभएको छ।
हरेक बिहान उहाँले मलाई शिक्षा दिनुहुन्छ
त्यो सुन्नलाई मलाई उत्सुक बनाउनुहुन्छ।
5परमप्रभुले मलाई समझशक्ति दिनुभएको छ।
मैले उहाँसित विद्रोह गरेको छैनँ, उहाँबाट हटेर गएको छैनँ।
6 #
मत्ती 26:67; मर्कूस 14:65 मलाई कुट्नेलाई मैले आफ्नो पिठ्युँ नाङ्गो पारिदिएँ।
तिनीहरूले मेरो बेइज्जत गर्दा,
मेरो दाह्री उखेल्दा र मेरा मुखमा थुक्दा मैले मेरो अनुहार लुकाइनँ।
7तिनीहरूले गरेका बेइज्जतीले मेरो केही नोक्सान गर्दैन
किनभने सार्वभौम परमप्रभुले मलाई सहायता दिनुहुन्छ।
ती सहन मैले आफैंलाई स्थिर पारेको छु।
म जान्दछु कि मेरो बदनाम हुनेछैन
8 #
रोमी 8:33,34 किनभने परमेश्वर नजिकै हुनुहुन्छ
र उहाँले मलाई निर्दोष साबित गर्नुहुन्छ।
कसले मेरो विरुद्धमा मुद्दा ल्याउन साहस गर्दछ?
लौ, हामी सँगै अदालतमा जाऔं!
त्यसले मेरो विरुद्धमा आफ्नो बयान देओस्!
9सार्वभौम परमप्रभुले आफैं मेरो पक्षमा बोल्नुहुनेछ:
त्यसो भए कसले मलाई दोषी ठहराउन सक्छ?
मलाई दोष लाउनेहरू सबै जना देखापर्नेछैनन्।
किराले खाएका लुगाझैँ तिनीहरू लोप हुनेछन्।
10तिमीहरूमध्ये, जसले परमप्रभुको आदर गर्दछौ
र उहाँको सेवकको आज्ञा मान्दछौ,
तिमीहरू हिँडेको बाटो साँच्चै अँध्यारो भए पनि
परमप्रभुमाथि भरोसा राख्छौ
र आफ्ना परमेश्वरमा भर पर्छौ।
11तर तिमीहरू, जसले आगो बालेर आफूलाई उज्यालो दिन्छौ,
त्यही आगोको उज्यालोमा हिँडे पनि
तिमीहरूले मेरो हातबाट कष्टै मात्र पाउनेछौ।
Currently Selected:
यशैया 50: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.