YouVersion Logo
Search Icon

यशैया 34

34
परमेश्‍वरले शत्रुहरूलाई दण्‍ड दिनुहुनेछ
1हे सबै जातिका मानिसहरू हो! आओ, भेला होओ र मेरा कुरा सुन। सारा संसार र त्‍यसका बासिन्‍दाहरू यहाँ आएर मेरा कुरा सुनून्। 2परमप्रभु सारा जातिहरू र तिनीहरूका सेनाहरूसित रिसाउनुभएको छ। उहाँले तिनीहरू सबैको विनाश गराउने आज्ञा गर्नुभएको छ। 3तिनीहरूका लाशहरू गाडिनेछैनन् तर सडेर गन्‍हाउँदै परिरहनेछन्। पर्वतहरू तिनीहरूको रगतले रक्‍ताम्‍मे हुनेछन्। 4#मत्ती 24:29; मर्कूस 13:25; लूका 21:26; प्रकाश 6:13,14ताराहरू चुर भई धुलो बन्‍नेछन्। आकाशचाहिँ बेरुवा-पुस्‍तक बेह्रिएझैँ हराउनेछ र ताराहरू दाख वा नेभाराको बोटबाट पातहरू झरेझैँ झर्नेछन्।
5 # यशैया 63:1-6; यर्मिया 49:7-22; इजकिएल 25:12-14; 35:1-15; आमोस 1:11,12; ओबदिया 1:1-14; मलाकी 1:2-5 परमप्रभुले आफ्‍नो तरवार स्‍वर्गमा बनाउनुभएको छ। त्‍यसले एदोममाथि प्रहार गर्नुहुनेछ, आफूले नाश गर्छु भनी ठहराउनुभएको जातिमाथि त्‍यसले हिर्काउनुहुनेछ। 6तिनीहरूका रगत र बोसोमा उहाँको तरवार बलि चढाएका थुमा र पाठाका रगत र बोसोमा झैँ मुछिनेछ। यो बलि परमप्रभुले बोज्रा सहरमा चढाउनुहुनेछ र एदोम देशमा यो ठूलो सहर संहार गराउनुहुनेछ। 7मानिसहरू जङ्गली गोरु र साँढेहरूझैँ ढल्‍नेछन् र जमिन रगतले रक्‍ताम्‍मे भई बोसोले भरिनेछ। 8यही समयमा परमप्रभुले सियोनको उद्धार गर्नुहुनेछ र त्‍यसका शत्रुहरूमाथि बदला लिनुहुनेछ।
9एदोमका खोलाहरू अलकत्रा र जमिन गन्‍धकमा बदलिनेछन्। सारा देश अलकत्राझैँ जल्‍नेछ। 10#प्रकाश 14:11; 19:3त्‍यो रात-दिन जल्‍नेछ, त्‍यसको धुवाँ सधैँभरि उठिरहनेछ। देशचाहिँ, युग-युग उजाड भइरहनेछ र त्‍यसबाट भएर कोही कहिल्‍यै हिँड्‍नेछैन। 11त्‍यो देशमा लाटोकोसेरो र कागहरू बास गर्नेछन्। परमप्रभुले त्‍यसलाई सृष्‍टिको अघिझैँ फेरि बाँझो र उजाड बनाउनुहुनेछ। 12देश शासन गर्ने कोही राजा हुनेछैन र सबै अगुवाहरू मासिनेछन्। 13सबै महल र किल्‍लाहरूमा काँडा र सिउँडीहरू उम्रनेछन् र त्‍यहाँ स्‍याल र लाटोकोसेराहरू बास गर्नेछन्। 14त्‍यहाँ जङ्गली जनावरहरू चरिहिँड्‍नेछन् र भूत-प्रेतहरूले एक-अर्कालाई बोलाउनेछन्। त्‍यहाँ विश्राम गर्न ठाउँ खोज्‍दै रातको जन्‍तु आउनेछ। 15लाटोकोसेराले त्‍यहाँ गुँड बनाई, फूल पारी बच्‍चा काढ्‍नेछ र हुर्काउनेछ। त्‍यहाँ गिद्धहरू जोडी-जोडी भई जम्‍मा हुनेछन्।
16परमप्रभुको पुस्‍तकमा खोजेर हेर र त्‍यहाँ लेखिएका कुरा पढ। यी जीव-जन्‍तु कुनै पनि मासिनेछैन, कुनै पनि जोडीबिना हुनेछैन। परमप्रभुले त्‍यस्‍तै आज्ञा गर्नुभएको छ। उहाँका आत्‍माले तिनीहरूलाई जम्‍मा गर्नुहुनेछ। 17परमप्रभुले नै तिनीहरूलाई जग्‍गाहरू बाँडिदिनुहुन्‍छ र प्रत्‍येकलाई हिस्‍सा दिनुहुनेछ। तिनीहरू त्‍यस ठाउँमा युग-युग बास गर्नेछन् र त्‍यो सदाकाल तिनीहरूको हुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in