YouVersion Logo
Search Icon

प्रस्‍थान 37

37
करारको सन्‍दुक बनाउने काम
1बजलेलले बबुल काठको करारको सन्‍दुक बनाए। त्‍यो ११० सेन्‍टिमिटर लामो, ६६ सेन्‍टिमिटर चौडा र ६६ सेन्‍टिमिटर उचाइ थियो। 2त्‍यसलाई भित्रबाहिर निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट लाए। 3त्‍यसलाई बोक्‍ने चारवटा सुनको मुन्‍द्राहरू बनाए र त्‍यसका चार खुट्टामा लाइदिए। 4त्‍यसलाई बोक्‍ने डन्‍डाहरू बबुल काठको बनाए, सुनले मोहोरे 5र ती डन्‍डाहरू सन्‍दुकका दुवैपट्टिका मुन्‍द्राहरूबाट छिराए। 6तिनले निखुर सुनका एउटा कृपा-आसन बनाए। त्‍यो ११० सेन्‍टिमिटर लामो र ६६ सेन्‍टिमिटर चौडा थियो। 7तिनले सुन पिटेर पखेटा भएका दुईवटा करूबहरू बनाए र 8कृपाआसनका लम्‍बाइपट्टिका दुई किनारमा लगाए। ती करूब कृपा-आसनसँग जोडेर एउटै टुक्राजस्‍तो गरी तिनले बनाए। 9ती करूबहरूले आम‍ने-साम‍ने गरेर, ढकनामाथि पखेटाहरू फैलाएर त्‍यसलाई ढाकेका थिए।
परमेश्‍वरलाई चढाएको रोटी राख्‍ने टेबिल
(प्रस्‍थान २५:२३-३०)
10बजलेलले बबुल काठको एउटा टेबिल बनाए। त्‍यो ८८ सेन्‍टिमिटर लामो, ४४ सेन्‍टिमिटर चौडा र ६६ सेन्‍टिमिटर उचाइको थियो। 11तिनले त्‍यसलाई निखुर सुनले मोहोरे र चारैपट्टि सुनका बिट लाइदिए। 12त्‍यसको चारैपट्टि ७५ मिलिमिटर चौडा घेरा लाएर सुनको बिट लाए। 13त्‍यसलाई बोक्‍ने चारवटा सुनका मुन्‍द्राहरू बनाए र चार कुनाका खुट्टानिर लगाए। 14टेबिल बोक्‍ने डन्‍डाहरू छिराउने कुण्‍डलहरूचाहिँ बिटका छेउमा लाए। 15ती डन्‍डाहरू तिनले बबुल काठको बनाए र सुनले मोहोरे। 16तिनले टेबिलको लागि पात्रहरू: थालहरू, कचौरा, कलश र मद्यबलि चढाउने बटुकाहरू निखुर सुनको बनाए।
सामदान बनिन्‍छ
(प्रस्‍थान २५:३१-४०)
17तिनले निखुर सुनको सामदान बनाए। त्‍यसको फेद र डन्‍डी पिटेको सुनले बनाए र त्‍यसलाई सिँगारी बनाएका फूल, कोपिला र पत्रहरू सामदानसित एउटै टुक्राको बनाए।
18एकापट्टि तीनवटा र अर्कोपट्टि तीनवटा जम्‍मा छ वटा हाँगाहरू सामदानबाट निस्‍केका थिए। 19हरेक हाँगामा हाडे-बदामका फूलजस्‍ता कोपिला र पत्रहरू भएका तीन-तीनवटा फूल बनाएर छ ओटै हाँगाहरू सिँगारे। 20सामदानको डन्‍डामा हाडे-बदामका फूलजस्‍ता कोपिला र पत्रहरू भएका चारवटा फूलहरू बनाएर सिङ्गारे। 21तीन जोर हाँगाहरूको हरेक जोरमुनि एक-एक वटा कोपिला बनाए। 22कोपिला, हाँगाहरू र सामदान सबै पिटेको सुनको एउटै टुक्राबाट बनाए। 23सामदानको निम्‍ति तिनले सातवटा पानसहरू बनाए। त्‍यसको चिम्‍टा र मोसोदानी निखुर सुनको बनाए। 24सामदान र त्‍यसका सबै सजावटका सरजामहरू बनाउनलाई तिनले ३५ किलोग्राम निखुर सुन चलाए।
धूप बाल्‍ने वेदी
(प्रस्‍थान ३०:१-५)
25धूप बाल्‍नलाई तिनले बबुल काठको एउटा वेदी बनाए। त्‍यो वेदी ४५/४५ सेन्‍टिमिटरको बराबर लम्‍बाइ र चौडाइ भएको ९० सेन्‍टिमिटर अग्‍लो थियो। त्‍यसका चार कुनाका सिङजस्‍ता चोसाहरू वेदीसित एउटै काठको टुक्राजस्‍तो गरी बनाए। 26त्‍यसको माथिल्‍लो भाग चारैपट्टि र चोसाहरू निखुर सुनले मोहोरे र चारैपट्टि सुनको घेरा लगाए। 27त्‍यो बोक्‍न दुईवटा सुनका कुण्‍डलहरू बनाए र घेरामुनि दुईपट्टि लाइदिए। ती कुण्‍डलमा वेदी बोक्‍ने डन्‍डाहरू छिराइन्‍थे। 28ती डन्‍डाहरू तिनले बबुल काठको बनाए र सुनले मोहोरे।
अभिषेक गरिने तेल र धूप
(प्रस्‍थान ३०:२२-३८)
29 # प्रस्‍थान 30:22-38 तिनले अभिषेक गर्ने पवित्र तेल र मीठो बास्‍ना भएको चोखो धूप सुगन्‍धित तेलको रूपमा मिसाएर बनाए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in