YouVersion Logo
Search Icon

प्रकाश पुस्तक परिचय

पुस्तक परिचय
यो पुस्तक यूहन्‍ना नाउँका एक जना प्रसिद्ध र प्रभावशाली वृद्धबाट लेखिएको हो। बाइबलका धेरै विद्वानहरू भन्छन्‌ कि यी यूहन्‍ना उही चेला हुन्‌ जसलाई येशूले विशेष गरी प्रेम गर्नुभएको थियो (यूहन्‍ना १३:२३) र जसले नयाँ करारका “यूहन्‍नाले लेखेको सुसमाचार” र यूहन्‍नाका तीन वटा पत्रहरू लेखेका थिए। “प्रकाश” भन्‍ने यो पुस्तक ईस्वी सम्बत्‌को पहिलो शताब्दीको अन्‍ततिर लेखिएको थियो।
यो सारा पुस्तक यूहन्‍नालाई परमेश्‍वरबाट आएको प्रकाशको ठीक बयान हो। यो पुस्तकचाहिँ आखिरी दिनहरू र त्यतिबेला हुने ख्रीष्‍ट र शैतानको बीचको अन्तिम सङ्घर्षको विषयमा दिइएको हो। यी “आखिरी दिनहरू” यूहन्‍नाको समयमा सुरु भइसकेका थिए। रोमी सरकारबाट सबै खीष्‍टियान मण्‍डलीहरूमाथि अघोर सङ्कष्‍ट पर्न लागेको थियो। कष्‍टमा परेका हरेक पुस्ताका विश्‍वासीहरूलाई ख्रीष्‍टको दोस्रो आगमन नहोउञ्‍जेलसम्म साहस र ढाडस मिलोस्‌ भनेर यो प्रकाश दिइएको थियो। तर विशेष गरी यो प्रकाश ख्रीष्‍टको दोस्रो आगमन भन्दा अघि हुन आउने घटनाहरूका सम्बन्धमा लेखिएको हो। जसरी यूहन्‍नाको पालोमा मण्‍डलीहरू ठूलो सङ्कष्‍टको सामना गर्दै थिए, त्यसरी नै येशू फेरि आउनुहुने बेलाको अन्तिम सङ्घर्षमा सबै ख्रीष्‍टियानहरू झन्‌ भयङ्कर सङ्कष्‍टमा पर्नेछन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in