YouVersion Logo
Search Icon

प्रकाश 21

21
नयाँ यरूशलेम
1तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।#यशै ६५:१७; ६६:२२; २ पत्र ३:१३ 2अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें।#यशै ५२:१; ६१:१०; प्रका ३:१२ 3सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ।#इज ३७:२७; लेवी २६:११-१२ 4उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”#यशै २५:८; ३५:१०; ६५:१९
5सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।”
6उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।#यशै ५५:१ 7जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।#२ शमू ७:१४; भज ८९:२६-२७ 8तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।
9तब ती सात अन्‍तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्‍वर्गदूतहरूमध्‍ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।” 10तिनले मलाई पवित्र आत्‍मामा एउटा ठूलो र उच्‍च पर्वतमा लगे, र परमेश्‍वरबाट स्‍वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।#इज ४०:२ 11त्‍यसमा परमेश्‍वरको महिमा थियो, र त्‍यसको चमक बहुमूल्‍य रत्‍नहरू तथा बिल्‍लौर स्‍फटिकजस्‍तो चहकिलो थियो। 12त्‍यसको वरिपरि ठूलो र अल्‍गो पर्खाल थियो, र त्‍यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्‍वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए। 13पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्‍चिममा तीन ढोकाहरू थिए।#इज ४८:३०-३५ 14सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।
15सहर र त्‍यसका ढोकाहरू र पर्खाल नाप्‍नलाई मसँग बोल्‍नेसँग एउटा सुनको नाप्‍ने टाँगो थियो।#इज ४०:३ 16त्‍यो सहर वर्गाकार थियो। त्‍यसको चौडाइ र लमाइ समान थियो। तिनले त्‍यस टाँगोले नाप्‍दा त्‍यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्‍यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो। 17स्‍वर्गदूतले त्‍यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्‍यो पैँसट्ठी मिटर थियो। 18त्‍यो पर्खाल बिल्‍लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्‍तै त्‍यो चम्‍कन्‍थ्‍यो। 19पर्खालका जगहरू अनेक किसिमका बहुमूल्‍य रत्‍नहरूले जड़िएका थिए। पहिलो जग बिल्‍लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍न, चौथो पन्‍ना,#यशै ५४:११-१२ 20पाँचौँ आनिक्‍स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्‍पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो। 21ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्‍येक ढोका मोतीको थियो। त्‍यस सहरको सड़क चहकिलो शीशाजस्‍तै निखुर सुनको थियो।
22मैले त्‍यस सहरमा कुनै मन्‍दिर देखिनँ, किनकि त्‍यहाँको मन्‍दिर स्‍वयम्‌ परमेश्‍वर सर्वशक्तिमान्‌ र थुमा नै हुनुहुन्‍छ। 23त्‍यो सहर उज्‍यालो गराउन सूर्य र चन्‍द्रमाको खाँचो छैन, किनभने परमेश्‍वरको महिमा नै त्‍यसको उज्‍यालो हो। त्‍यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्‍छ।#यशै ६०:१९-२० 24त्‍यहाँकै उज्‍यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन्‌। पृथ्‍वीका राजाहरूले आफ्‍ना वैभव त्‍यसमा ल्‍याउनेछन्‌।#यशै ६०:३ 25दिनमा त्‍यसका ढोकाहरू कुनै किसिमले बन्‍द हुनेछैनन्, र त्‍यहाँ रात नै हुनेछैन। 26तिनीहरूले जाति-जातिहरूका वैभव र सम्‍मान त्‍यसभित्र ल्‍याउनेछन्‌।#यशै ६०:११ 27तर थुमाका जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍ने कुनै किसिमले पनि त्‍यसभित्र पस्‍नेछैन।#यशै ५२:१; इज ४४:९

Currently Selected:

प्रकाश 21: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in