भजनसंग्रह 90:12-17
भजनसंग्रह 90:12-17 NNRV
हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। हे परमप्रभु, नम्र हुनुहोस्, अझै कति बेर लाग्ने हो? आफ्ना दासहरूमाथि दया गर्नुहोस्। बिहान आफ्नो नटल्ने करुणाले हामीलाई तृप्त पार्नुहोस्, र हामी आफ्ना जीवनभरि रमाएर गाउन सकौं। जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो, र जति वर्ष दु:ख भोग्यौं, त्यत्ति दिन हामीलाई आनन्दित तुल्याउनुहोस्। तपाईंका कार्य तपाईंका सेवकहरूलाई प्रदर्शन गरिऊन्, र तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्। हाम्रा परमप्रभु परमेश्वरको निगाह हामीमाथि रहोस्, र हाम्रा हातका कामहरू हाम्रा निम्ति दृढ़ पारिऊन्। हो, हाम्रा हातका कामहरू सुदृढ़ पारिदिनुहोस्।