YouVersion Logo
Search Icon

भजनसंग्रह 70

70
परमेश्‍वरका सहायताको निम्‍ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति सम्‍झनाको निम्‍ति दाऊदको भजन
1हे परमेश्‍वर, मेरो उद्धार गर्न छिटो गर्नुहोस्‌,#भज ४०:१३-१७ हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌।
2मेरो प्राण लिन खोज्‍नेहरू लाज र अन्‍योलमा परून्‌। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन्‌ र अपमानित होऊन्‌।
3मेरो ठट्टा उड़ाउनेहरू आफ्‍नै लाजले गर्दा व्‍याकुल होऊन्‌।
4तर ज-जसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्‍तर भनून्‌,
“परमेश्‍वरको नाउँ उच्‍च होस्‌!”
5तर म त गरीब र दरिद्र छु, मकहाँ चाँड़ै आउनुहोस्‌, हे परमेश्‍वर। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्‍छ। हे परमप्रभु, विलम्‍ब नगर्नुहोस्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in