YouVersion Logo
Search Icon

भजनसंग्रह 27:3-6

भजनसंग्रह 27:3-6 NNRV

सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्‍यस बेला म पूरा आत्‍मविश्‍वास राख्‍नेछु। एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ। किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ, र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।