YouVersion Logo
Search Icon

भजनसंग्रह 2

2
परमप्रभुले अभिषेक गर्नुभएको राजा
1जाति-जातिहरू किन षड्‌यन्‍त्र रच्‍छन्‌, #प्रे ४:२५-२६
र मानिसहरू किन व्‍यर्थका जाल रच्‍छन्‌?
2परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा हुन्‍छन्‌,
र शासकहरू आपसमा सल्‍लाह गर्छन्‌।
3तिनीहरू भन्‍छन्‌, “हामी उनीहरूका साङ्‌लाहरू छिनालौं,”
“र उनीहरूका बन्‍धनहरू फुकाऔं।”
4स्‍वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्‍छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्‍छ।
5तब आफ्‍नो क्रोधमा उहाँले तिनीहरूलाई हप्‍काउनुहुनेछ,
र आफ्‍नो बल्‍दो कोपमा तिनीहरूलाई यसो भन्‍दै त्रस्‍त पार्नुहुनेछ:
6“मैले आफ्‍नो पवित्र पर्वत सियोनमा मेरो आफ्‍नो राजालाई नियुक्त गरेको छु।”
7परमप्रभुको यो आदेश म घोषणा गर्नेछु,#प्रे १३:३३; हिब १:५; ५:५ उहाँले मलाई भन्‍नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्‍माएको छु।’
8मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्‍याइदिनेछु,
र समस्‍त पृथ्‍वी तिम्रो निजी सम्‍पत्ति तुल्‍याइदिनेछु।
9फलामको राजदण्‍डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ,#प्रका २:२६-२७; १२:५; १९:१५
र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ।
10यसकारण हे राजा हो, बुद्धिमान्‌ होओ, पृथ्‍वीका शासक हो, सावधान!
11भय मानेर परमप्रभुको सेवा गर,
र कम्‍पनसाथ आनन्‍द मनाओ।
12पुत्रलाई चुम्‍बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्‍ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्‍कन्‍छ। ती सबै धन्‍य हुन्‌, जो उहाँको शरण पर्दछन्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in