YouVersion Logo
Search Icon

भजनसंग्रह 125

125
परमप्रभु आफ्‍ना भक्तका चारैतिर हुनुभएको
यात्राको गीत
1परमप्रभुमा भरोसा राख्‍नेहरू सियोन पर्वतझैँ छन्‌, जसलाई हल्‍लाउन सकिँदैन तर सदासर्वदै स्‍थिर रहन्‍छ।
2पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्‍ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्‍नुहुन्‍छ।
3दुष्‍टहरूको राजदण्‍ड धर्मीहरूका निम्‍ति राखिएको देशमा रहनेछैन, नत्रता धर्मीहरूले आफ्‍ना हात अधर्मतिर लगाउनेछन्‌।
4हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्‌, तिनीहरूलाई जसका हृदय सोझा छन्‌।
5तर कुमार्गतिर लाग्‍नेहरूलाई परमप्रभुले दुष्‍ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इस्राएलमा शान्‍ति होस्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in