YouVersion Logo
Search Icon

हितोपदेश 15:1-9

हितोपदेश 15:1-9 NNRV

नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ। बुद्धिमान्‌को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ। परमप्रभुको नजर सर्वत्र रहन्‍छ, दुष्‍ट र असल दुवैमाथि उहाँ नजर राख्‍नुहुन्‍छ। निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्‍मालाई आघात पुर्‍याउँछ। मूर्खले आफ्‍नो बुबाको अनुशासनलाई लत्‍याउँछ, तर सुधारलाई ध्‍यान दिनेले बुद्धिमानी देखाउँछ। धर्मी मानिसको घरमा प्रशस्‍त धन हुन्‍छ, तर दुष्‍ट मानिसको कमाइले दु:ख ल्‍याउँछ। बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्‍यस्‍तो हुँदैन। दुष्‍ट मानिसको बलिदान परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर ईमानसँग चल्‍नेको प्रार्थनादेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ। दुष्‍ट मानिसको मार्ग परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर धार्मिकताको पछि लाग्‍नेहरूलाई उहाँ प्रेम गर्नुहुन्‍छ।