YouVersion Logo
Search Icon

फिलिप्पी पुस्तक परिचय

पुस्तक परिचय
फिलिप्पीचाहिँ माकेडोनिया (अर्थात्‌ दक्षिण यूरोपको ग्रीस भन्‍ने देशको उत्तर भाग) को एउटा मुख्य सहर थियो। धेरै रोमी नागरिक र सिपाहीहरू त्यहाँ बसेका हुनाले फिलिप्पीलाई एउटा रोमी उपनिवेश बनाइएको थियो (प्रेरित १६:१२)।
आफ्‍नो प्रचारको दोस्रो यात्रामा पावल फिलिप्‍पीमा पुगेका थिए। त्यतिबेला यूरोप महादेशमा ख्रीष्‍टको सुसमाचार प्रचार गरिएको यो पहिलो पटक थियो। यसरी ख्रीष्‍टियान धर्म एसियाबाट यूरोपसम्म फैलिएर गयो। ख्रीष्‍टियान धर्म एशियामा सुरु भयो। यसकारण यो पश्चिमी धर्म होइन।
एउटा दर्शनको कारणले पावल पहिले फिलिप्पीमा गए, जुन दर्शनमा एक जना माकेडोनियाको मानिसले “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्” भनेर भनेको थियो (प्रेरित १६:९-१०)।
फिलिप्पीमा भएको पावलको पहिलो भेटको बयान प्रेरित १६:११-४० मा लेखिएको छ। त्यसपछि प्रचार गर्ने आफ्‍नो तेस्रो यात्रामा पावल फेरि फिलिप्पीमा गए (प्रेरित २०:१,६)।
पावलले यो पत्र आफू कैदी भएको समयमा लेखेका थिए। धेरैजसो बाइबलका विद्वानहरूको विचारमा, एफिसीहरू, कलस्सीहरू र फिलेमोनलाई लेखेका पत्रहरूलाई साथसाथै यो पत्र पनि ईस्वी सम्बत्‌ ६२-६३ मा रोमबाट लेखिपठाइएको थियो। यी पत्रहरूलाई कैद-पत्र पनि भन्‍ने चलन छ।
पावलको जीवनको विषयमा अझ बुझ्‍नलाई रोमीहरूलाई लेखेको पत्रको परिचय हेर्नुहोस्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in