YouVersion Logo
Search Icon

गन्ती पुस्‍तक परिचय

पुस्‍तक परिचय
प्रस्थानको पुस्तकमा अन्त्य भएको घटनाको सिलसिलाको सुरुवात्‌ गन्तीको पुस्तकले गर्दछ। यस पुस्तकमा कुलहरूको जनसंख्या, पूजाहारीहरू र लेवीहरूको संख्या र अरू कुराहरूको तथ्याङ्कको वर्णन गरिएको हुनाले यस पुस्तकको नाम ‘गन्ती’ हुन गएको हो। यस पुस्तकमा विशेष गरी तथ्याङ्कको वर्णन, घटनाहरूको वर्णन (कथात्मक) र धार्मिक विधि अथवा नागरिक नियमहरू समावेश छन्‌।
यस पुस्तकलाई अध्ययन गर्दा तीन खण्‍डमा विभाजित गर्दा असल हुन्छ:
१:१-१० अध्याय: यात्राको लागि आफैलाई कसरी तयार गर्ने भन्‍नेबारे शिक्षा
२:११-२१ अध्याय: इस्राएलीहरूको गनगन र परमेश्‍वरको जाँच र अनुशासन
३:२२-३६ अध्याय: प्रतिज्ञाको देशलाई कब्जा गर्ने र बसोबास गर्नेबारे शिक्षा

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in