YouVersion Logo
Search Icon

गन्ती 36

36
उत्तराधिकारिणी सम्बन्धी विधिहरू
1योसेफका पनाति, मनश्‍शेका नाति, माकीरका छोरा गिलादको वंशका मुखियाहरू‍ले मोशा र इस्राएली नायकहरूका सामुन्‍ने आएर भने, 2“परमप्रभुले इस्राएलीहरूलाई चिट्ठा हालेर देश अधिकारमा दिन हजूरलाई आज्ञा गर्नुभएको थियो, अनि हाम्रा भाइ सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनी परमप्रभुबाट हजूरलाई आज्ञा भएको थियो। #गन्ती २७:७ 3अब यदि तिनीहरूले इस्राएलीहरूका अरू कुलका पुरुषहरूसित विवाह गरे भने, तिनीहरूको अधिकार पुरुषहरूको अधिकारमा थपिनेछ। यसरी हाम्रो पैतृक-सम्‍पत्ति हराएर जानेछ। 4इस्राएलीहरूका पुनर्स्‍थापनाको वर्ष आउँदा ती स्‍त्रीहरूको पैतृक-सम्‍पत्ति पनि विवाह गरेर गएको कुलकै सम्‍पत्तिमा थपिनेछ। यसरी हाम्रा पुर्खाको कुलको पैतृक-सम्‍पत्ति हामी गुमाउनेछौं।”
5तब परमप्रभुको आज्ञाअनुसार मोशाले इस्राएलीहरूलाई यसो भनेर आदेश दिए: “योसेफका छोराहरूको कुलले भनेको कुरा ठीकै हो। 6सलोफादका छोरीहरूका विषयमा परमप्रभुले यो आज्ञा दिनुभएको छ: ‘आफ्‍नो बुबापट्टिका कुलका परिवारसँगको जससँग मन लाग्‍छ त्‍यससँग मात्र तिनीहरूले विवाह गरून्‌। 7यसो गर्नाले इस्राएलीहरूको कुनै उत्तराधिकार एक कुलबाट अर्को कुलमा जान पाउनेछैन। हरेक इस्राएली आफ्‍नै पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌। 8इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको हिस्‍सा पाउने युवतीले त्‍यसकै बुबापट्टिको कुलमा विवाह गरोस्, र हरेक इस्राएलीले आफ्‍नै पैतृक-सम्‍पत्तिको हिस्‍सा पाओस्‌। 9कुनै पनि पैतृकसम्‍पत्ति एउटा कुलबाट अर्को कुलमा नसारिओस्, तर हरेक इस्राएली आफ्‍नै पुर्खाका कुलको पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।”
10परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सलोफादका छोरीहरूले गरे। 11सलोफादका छोरीहरू महला, तिर्सा, होग्‍ला, मिल्‍का र नोआहले आफ्‍ना बुबाका दाजुभाइका छोराहरूसित विवाह गरे। 12तिनीहरूको विवाह योसेफका छोरा मनश्‍शेका सन्‍तानका वंशहरूमा नै भए। यसरी तिनीहरूको पैतृक-सम्‍पत्ति तिनकै पुर्खाहरूका कुलभित्रै रह्यो।
13यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका आज्ञा र विधिहरू यी नै हुन्‌।

Currently Selected:

गन्ती 36: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for गन्ती 36