YouVersion Logo
Search Icon

मीका 5

5
बेथलेहेमबाट प्रतिज्ञा गरिएका शासक
1हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्‍डाले गालामा हिर्काउनेछन्‌।
2“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ।” #मत्ती २:६; यूह ७:४२
3यसकारण जबसम्‍म प्रसववेदनामा परेकीले जन्‍माउँदिन र उहाँका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्‍न आउँदैनन्, त्‍यस समयसम्‍म इस्राएल त्‍यागिनेछ। 4उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्‍ना परमेश्‍वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्‍ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्‍वीको पल्‍लो छेउसम्‍मै उहाँको महानता पुग्‍नेछ। 5अनि उहाँ तिनीहरूका शान्‍ति हुनुहुनेछ।
उद्धार र सर्वनाश
जब अश्‍शूरीहरू हाम्रो देशमा आउँछन्‌ र हाम्रा किल्‍लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं। 6तिनीहरूले अश्‍शूर देशलाई तरवारले र निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्‌। जब अश्‍शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न आउँछन्‌ र हाम्रो सिमानामा कुल्‍चन्‍छन्, तब उहाँले हामीहरूलाई अश्‍शूरीहरूका हातबाट छुटकारा दिनुहुनेछ। #उत १०:८-११
7याकूबका बाँकी रहेकाहरूचाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैँ हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसजातिलाई पर्खन्‍छ। 8याकूबका बाँकी रहेकाहरूचाहिँ जाति-जातिहरू र धेरै मानिसहरूका बीचमा हुनेछन्, जङ्गलका पशुहरूका बीचमा हुने सिंह र भेड़ाबाख्राहरूका बीचमा हुने जवान सिंहजस्‍ता हुनेछन्, जो लतार्दै र फहराउँदै हिँड्‌छन्, र कसैले छुटाउन सक्‍दैन। 9तिमीहरूको बाहुली आफ्‍ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्‍ट हुनेछन्‌।
10परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन म तिमीहरूका घोड़ाहरूलाई तिमीहरूका बीचबाट नष्‍ट पार्नेछु, र तिमीहरूका रथहरू विनाश गर्नेछु। 11म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्‍काइदिनेछु। 12म तिमीहरूको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु र तिमीहरूले फेरि कहिल्‍यै झारफूक गर्नेछैनौ। 13म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्‍ट गर्नेछु। तिमीहरू फेरि कहिल्‍यै आफ्‍ना हातले बनाएका कुराहरूका अगि झुक्‍नेछैनौ। 14म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्‍याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्‍काइदिनेछु। 15मेरा आज्ञा नमान्‍ने जाति-जातिहरूलाई म मेरो रीस र क्रोधमा साटो लिनेछु।”

Currently Selected:

मीका 5: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in