YouVersion Logo
Search Icon

यहोशू 14

14
चिट्ठा हालेर बाँडेका साढे नौ कुलका भाग
1एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलका कुलनायकहरूले तिनीहरूलाई बाँड़िदिएअनुसार इस्राएलीहरूले कनान देशमा अधिकार गरेका यी नै ठाउँहरू हुन्‌। 2परमप्रभुले मोशाद्वारा ती साढ़े नौ कुलका निम्‍ति आज्ञा गर्नुभएबमोजिम चिट्ठा हालेर तिनीहरूका भाग बाँड़ियो। #गन्ती २६:५२-५६; ३४:१३ 3अढ़ाइ कुलहरूलाई त यर्दन पारि मोशाले अधिकार दिएकै थिए, तर लेवीहरूलाई चाहिँ तिनीहरूमध्‍ये कुनै हिस्‍सा उनले दिएका थिएनन्, #गन्ती ३२:३३; ३४:१४-१५; व्‍य ३:१२-१७ 4किनभने योसेफका छोराहरू नै, मनश्‍शे र एफ्राइमका दुई कुल थिए। लेवीहरूलाई बस्‍नलाई सहरहरू र तिनीहरूका बस्‍तुहरूलाई खर्कको निम्‍ति र मालसामानको निम्‍ति आसपासका जमिनबाहेक देशमा कुनै भाग दिइएको थिएन। 5परमप्रभुले मोशालाई जसो आज्ञा गर्नुभएको थियो, इस्राएलीहरूले त्‍यसै गरे र देश बन्‍डा गरे।
कालेबलाई हेब्रोन दिएका
6तब यहूदाका मानिसहरू गिलगालमा यहोशूकहाँ आए, र कनज्‍जी यपुन्‍नेका छोरा कालेबले तिनलाई भने, “परमप्रभुले कादेश-बर्नेमा मेरो र तपाईंको बारेमा परमेश्‍वरका मानिस मोशालाई भन्‍नुभएको कुरा त तपाईंलाई थाहै छ। #गन्ती १४:३० 7परमप्रभुका दास मोशाले कादेश-बर्नेबाट यस देशको भेद लिन मलाई पठाउँदा म चालीस वर्षको थिएँ, र मैले आफूले बुझेअनुसारको समाचार तिनलाई ल्‍याइदिएँ। #गन्ती १३:१-३० 8तर मसँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूका मन भयभीत गराइदिए, तापनि म त पूर्णरूपले परमप्रभु आफ्‍ना परमेश्‍वरको पछि लागें। 9यसर्थ त्‍यसै दिन मोशाले शपथ खाएर मलाई यसो भने, ‘तिम्रा खुट्टाले जुन ठाउँमा टेकेर आएका छौ त्‍यो नि:सन्‍देह तिम्रो र तिम्रा सन्‍तानको अधिकारमा सदाको निम्‍ति हुनेछ, किनभने तिमी पूर्ण रूपले परमप्रभु मेरा परमेश्‍वरको पछि लागेका छौ’। #गन्ती १४:२४
10“अब हेर्नुहोस्, इस्राएलीहरू उजाड़स्‍थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्‍नुभएको बेलादेखि अहिले पैँतालीस वर्ष बितिसक्‍यो, र आफ्‍नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्‍नुभएको छ। अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु। 11तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्‍ति बाहिर जानलाई मेरो ताकत त्‍यस बेला जति थियो, अहिले पनि त्‍यत्ति नै छ। 12यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्‍यस दिन भन्‍नुभएको थियो। त्‍यहाँ अनाकीहरू रहन्‍छन्, उनीहरूका ठूला-ठूला गढ़ भएका सहरहरू छन्‌ भन्‍ने तपाईंले त्‍यस बेला सुन्‍नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु।”
13तब यहोशूले यपुन्‍नेका छोरा कालेबलाई आशिष्‌ दिए, र तिनको अधिकारमा हेब्रोन दिए। 14यसकारण कनज्‍जी यपुन्‍नेका छोरा कालेबको अधिकारमा हेब्रोन आजसम्‍म भएको छ, किनभने तिनी पूर्ण रूपले इस्राएलका परमेश्‍वरको पछि लागेका थिए। 15हेब्रोनको नाउँ पहिले किर्यत-अर्बा थियो। यही अर्बा अनाकीहरूमध्‍ये सबैभन्‍दा महान्‌ पुरुष थिए। तब त्‍यस देशलाई लड़ाइँबाट विश्राम मिल्‍यो।

Currently Selected:

यहोशू 14: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in