YouVersion Logo
Search Icon

योना 3

3
योना निनवेमा गएका
1तब परमप्रभुको वचन दोस्रो पल्‍ट योनाकहाँ आयो: 2“त्‍यस ठूलो सहर निनवेमा जा, र म जे समाचार तँलाई दिन्‍छु, सो त्‍यहाँ घोषणा गर्‌।”
3योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्‍यन्‍तै प्रख्‍यात सहर थियो। त्‍यो हेर्नलाई तीन दिन लाग्‍दथ्‍यो। 4पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्‍ट हुनेछ” #मत्ती १२:४१; लूक ११:३२ 5निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्‌ग्रा लगाए।
6जब त्‍यो खबर निनवेका राजाकहाँ पुग्‍यो, तब उनी आफ्‍नो सिंहासनबाट उठे, उनले आफ्‍नो राजपोशाक फुकाले र भाङ्‌ग्रा लगाएर खरानीमा बसे। 7तब उनले निनवेमा यसो भन्‍ने घोषणा गरे।
“राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्‌। 8तर मानिस र पशुले भाङ्‌ग्रा लगाऊन्, र परमेश्‍वरमा पुकारा गरून्‌। तिनीहरू आफ्‍ना कुमार्गबाट फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्‍याग गरून्‌। 9कसले जान्‍दछ? परमेश्‍वरले मन नरम गर्नुहोला र दया गरेर आफ्‍नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्‍ट हुनेछैनौं।”
10तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्‍ना कुमार्गबाट फर्केर आए भन्‍ने परमेश्‍वरले देख्‍नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्‍कीअनुसार उहाँले गर्नुभएन।

Currently Selected:

योना 3: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in