YouVersion Logo
Search Icon

अय्‍यूब 37

37
1“आँधीबेहरीले गर्दा पनि मेरो मुटु साह्रै ढुकढुक गर्दछ, त्‍यसले आफ्‍नो ठाउँ नै छोड्‌दछ।
2सुन्‍नुहोस्, परमेश्‍वरको आवाजलाई सुन्‍नुहोस्,
र उहाँको मुखबाट निस्‍कने गर्जनलाई सुन्‍नुहोस्‌।
3उहाँले आकाशको वारपार र पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म बिजुली पठाउनुहुन्‍छ।
4त्‍यसपछि उहाँको गर्जनको आवाज सुनिन्‍छ, उहाँ आफ्‍नो महामहिमाको सोरले गर्जनुहुन्‍छ, जब उहाँ गर्जनुहुन्‍छ, उहाँले केही कुरा रोक्‍नुहुन्‍न।
5परमेश्‍वरको आवाज अचम्‍म तरिकाले गुञ्‍जन्‍छ, हाम्रा बुद्धिले नभियाउने महाकार्यहरू उहाँ गर्नुहुन्‍छ।
6उहाँले हिउँलाई भन्‍नुहुन्‍छ, ‘पृथ्‍वीमा झर्,’
र वर्षालाई भन्‍नुहुन्‍छ, ‘मुसलधारे वृष्‍टि होऊ’। यसरी उहाँले सृष्‍टि गर्नुभएका उहाँका कार्यहरू मानिसहरूले जानून्‌।
7उहाँले मानिसको सबै परिश्रमलाई रोक्‍नुहुन्‍छ, यसरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभएको हो भनी सबै मानिसहरूले जान्‍न सक्‍छन्‌।
8“वन-पशुहरू आफ्‍ना ओड़ारतिर जान्‍छन्,
र आफ्‍ना गुफाहरूमा शरण लिन्‍छन्‌।
9प्रचण्‍ड आँधी आफ्‍नो कोठाबाट फुटेर निस्‍कन्‍छ,
र कड़ा बतासबाट जाड़ो आउँछ।
10परमेश्‍वरको सासले बरफ बनिन्‍छ,
र बिस्‍तृत पानी जम्‍छ।
11उहाँले बादललाई बाफको भारी बोकाउनुहुन्‍छ,
र उहाँले आफ्‍नो बिजुली तीद्वारा छरपष्‍ट पार्नुहुन्‍छ।
12“तिनीहरू सम्‍पूर्ण पृथ्‍वीमाथि उहाँको निर्देशनमा घुम्‍दै रहन्‍छ, उहाँले अह्राएका सबै काम गर्नलाई।
13परमेश्‍वरले पृथ्‍वीलाई भिजाउनलाई वृष्‍टि पठाउनुहुन्‍छ, मानिसहरूलाई दण्‍ड दिन अथवा आफ्‍नो निगाह देखाउन पनि, उहाँले त्‍यो पठाउनुहुन्‍छ।
14“अय्‍यूब यो कुरा सुन्‍नुहोस्‌। चूपचाप भएर परमेश्‍वरका उदेकका कामहरूलाई विचार गर्नुहोस्‌।
15परमेश्‍वरले बादलहरूका काम कसरी खटाइदिनुहुन्‍छ,
र आफ्‍ना मेघहरूबाट कसरी बिजुली चम्‍काउनुहुन्‍छ, सो तपाईं जान्‍नुहुन्‍छ र?
16“बादलहरू कसरी माथि आकाशमण्‍डलमा झुण्‍डी रहन्‍छन्‌? यो त उहाँको अचम्‍मको काम हो, जो ज्ञानमा सिद्ध हुनुहुन्‍छ भनी के तपाईंलाई थाहा छ?
17दक्षिणको-बतासले भूमिलाई ग्रस्‍त पारेको समयमा, तपाईं केवल गर्मीले व्‍याकुल हुनुहुन्‍छ।
18के तपाईं आकाशमण्‍डललाई उहाँले झैँ पगालेर बनाएको धातुको ऐनाजस्‍तै कड़ा बनाउन सक्‍नुहुन्‍छ र?
19“उहाँलाई के भन्‍नुपर्ने हो तपाईं हामीलाई सिकाउनुहोस्, किनभने हाम्रो अन्‍धकारको कारण हामी सोच्‍नै सक्‍दैनौं।
20म के बोल्‍छु भनी उहाँलाई भन्‍नुपर्छ र? कुनै मानिसले आफू निलिएको चाहन्‍छ र?
21हावाले उड़ाएर सफा बनाएको, आकाशमा चम्‍कने सूर्यलाई कसैले हेर्न सक्‍दैन।
22उत्तर दिशाबाट उहाँ सुनौलो चमकमा आउनुहुन्‍छ, परमेश्‍वर प्रभावशाली महिमामा आउनुहुन्‍छ।
23तर सर्वशक्तिमान्‌लाई हामी भेट्टाउन सक्‍दैनौं। उहाँको शक्ति हाम्रो समझको बाहिर छ। उहाँको महान्‌ धार्मिकता र न्‍यायमा उहाँले अत्‍याचार गर्नुहुन्‍न।
24यसैकारण मानिसहरू उहाँलाई आदर गर्छन्, के हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई उहाँ आदर गर्नुहुन्‍न र?”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in