याकूब 1:19-22
याकूब 1:19-22 NNRV
मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन। यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ। तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।