होशे पुस्तक परिचय
पुस्तक परिचय
होशेको अर्थ हो “मुक्ति” अर्थात् “उद्धार”। होशे भविष्यवक्ताले ई.पू. आठौं शताब्दीको मध्यतिर भविष्यवाणी गरेका थिए। उनले आफ्नो सेवकाइ आमोस भविष्यवक्ताको समयमा वा आमोसपछि सुरु गरेका थिए। होशेको सेवा जम्मा ३८ वर्षसम्म रह्यो। होशे इस्राएलको अन्तिम कष्टपूर्ण समयमा जीवित थिए। ७२२ ई.पू. मा इस्राएल अश्शूरीहरूको दासत्वमुनि आउनअघि होशे इस्राएलको निम्ति अन्तिम भविष्यवक्ता थिए।
करारप्रति परमेश्वरको विश्वासयोग्यता र इस्राएलको अविश्वासयोग्यता भन्ने आधारभूत मुख्य विषय नै सम्पूर्ण साना भविष्यवक्ताका पुस्तकहरूले दिन्छन्।
होशे १:१ मा भएको राजाहरूको शासनकालको घटनाहरूको विवरण २ राजा २६-३२ अध्यायमा पाइन्छ। ७३३-७३२ ई.पू. मा अश्शूरहरूको साम्राज्यभित्र इस्राएल एउटा कठपुतली राज्य भयो (२ राजा १५:२९)। षडयन्त्र सुरु भएपछि ७२२ ई.पू. मा अश्शूरीहरूद्वारा इस्राएल पराजित भएर कैदमा लगिन्छ (२ राजा १७:१-६; १८:१०-१२)। यही समय अवधिमा होशेले भविष्यवाणी गरेका थिए।
Currently Selected:
होशे पुस्तक परिचय: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012