YouVersion Logo
Search Icon

हिब्रू 11:1-6

हिब्रू 11:1-6 NNRV

अब विश्‍वासचाहिँ आशा राखिएका कुराको निश्‍चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। किनकि यसै विश्‍वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्‍वरले ग्रहण गर्नुभयो। विश्‍वासद्वारा हामी बुझ्‍दछौं कि सारा विश्‍व परमेश्‍वरको वचनद्वारा सृष्‍टि भयो, र जो दृश्‍य छ त्‍यो अदृश्‍य कुराबाट बन्‍यो। विश्‍वासद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्‍दा अझ ग्रहणयोग्‍य बलि चढ़ाए, र त्‍यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्‍वीकार गरेर परमेश्‍वरले आफ्‍नो सम्‍मति जनाउनुभयो। तिनी मरे तापनि विश्‍वासद्वारा नै तिनी अझै बोलिरहेका छन्‌। विश्‍वासद्वारा मृत्‍यु नचाखी हनोक स्‍वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्‍वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्‍दा अघि परमेश्‍वरलाई तिनले प्रसन्‍न पारेका कुराको पुष्‍टि भएको थियो। विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।