हबकूक पुस्तक परिचय
पुस्तक परिचय
हबकूक नाउँको अर्थ “अँगाल्ने व्यक्ति वा मायालु” हो। यिनी यर्मिया भविष्यवक्ताको समकालीन भविष्यवक्ता थिए र इस्राएलको धार्मिक परम्परामा उनको गहिरो विश्वासले जरा हालेको थियो। लगभग ६०५ ई.पू. ताका यहूदा बेबिलोनको अधीनमा दासत्वमा जाने पहिलो क्रमअघि साना भविष्यवक्ताहरूमध्ये सबैभन्दा पछिल्ला भविष्यवक्ता थिए। अरू भविष्यवक्ताभन्दा फरक उनले मानिसहरूलाई परमेश्वरको सन्देशको घोषणा होइन तर मानिसहरूका बारे परमेश्वरसँग नै संवाद गरे।
हबकूकको यो पुस्तक राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा भएको संकष्टको समयमा लेखिएको थियो। नयाँ विश्वशक्तिको रूपमा बेबिलोनको उदय भयो। त्यसपछि लगतै यहूदालाई पराजित गरी तिनीहरूलाई दासत्वमा लग्न सम्भावना थियो। यस्तै अन्योलता, डर र अनिश्चितताको वातावरण छाएको समयमा हबकूकले यस पुस्तकमा भएको सन्देश ल्याए। यो पुस्तक लगभग ६०७ ई.पू. को समयमा लेखिएको हुनसक्ने धेरै विद्धानहरूले सहमति जनाएका छन्।
Currently Selected:
हबकूक पुस्तक परिचय: NNRV
Highlight
Share
Copy
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fen.png&w=128&q=75)
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012