इजकिएल 35
35
एदोमको विरुद्धमा अगमवाणी
1परमप्रभुको यो वचन मकहाँ आयो: #यशै ३४:५-१७; ६३:१-६; यर ४९:७-२२; इज ३५:१-१४; आमो १:११-१२; ओब १-१४; मला १:२-५ 2“हे मानिसको छोरा, सेइर पर्वततिर तेरो मुख फर्का, र त्यसको विरुद्धमा अगमवाणी कहेर भन्: 3“परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा छु। म मेरो हात तँमाथि उठाउनेछु र तँलाई निर्जन र उजाड़ तुल्याइदिनेछु। 4म तेरा सहरहरूलाई भग्नावशेष पारिदिनेछु, र तँ उजाड़ हुनेछस्। तब तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्।
5“‘तैंले प्राचीनकालको वैरभावलाई मनमा राखिस्, र इस्राएलीहरूलाई तिनीहरूका विपत्तिको समयमा, अर्थात् तिनीहरूको आखिरी दण्डको समयमा तिनीहरूलाई तरवारले काटिनलाई तैंले सुम्पिदिइस्। 6यसैकारण परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, म तँलाई रक्तपातले सुम्पिदिनेछु, र त्यसले तेरो खेदो गर्नेछ। तैंले रक्तपात घृणा नगरेको कारण, रक्तपातले नै तेरो खेदो गर्नेछ। 7सेइर पर्वतलाई म निर्जन र उजाड़ पार्नेछु, र आवतजावत गर्ने सबैलाई त्यसतिर जानदेखि म रोक्नेछु। 8म तेरा पहाड़हरू मारिएकाहरूले भर्नेछु। तरवारले मारिएकाहरू तेरा डाँड़ाहरू र तेरा बेँसीहरू र खोल्साहरूमा खस्नेछन्। 9म तँलाई सधैँको निम्ति उजाड़ तुल्याउनेछु। तेरा सहरहरूमा कोही बासिन्दा हुनेछैनन्। तब तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्।
10“‘म परमप्रभु त्यहाँ भए तापनि तैंले यसो भनेको छस्, “ती दुई जाति र देशहरू हाम्रा हुनेछन्, र हामी तिनीहरूलाई अधिकार गर्नेछौं।” 11यसैकारण, परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, क्रोध र डाहा देखाई तैंले तिनीहरूलाई घृणा गरेर जे गरेको थिइस्, म पनि तँलाई त्यसै नै गर्नेछु। मैले तेरो न्याय गर्दा म आफूलाई तिनीहरूकहाँ प्रकट गर्नेछु। तब तैंले जान्नेछस्, 12कि म परमप्रभुले इस्राएलका पहाड़हरूका विरुद्धमा तैंले भनेका सबै निन्दाजनक कुरा सुनेको छु। तैंले भनिस् “इस्राएलका पहाड़हरू उजाड़ भएका छन्, र ती खानलाई हामीलाई दिइएका छन्।” 13तैंले मेरो विरुद्धमा घमण्ड गरिस्, र मेरो विरुद्धमा तैंले बोलिस् र मैले त्यो सुनें। 14परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: सारा पृथ्वीले रमाहट गर्दैगर्दा, म तँलाई चाहिँ उजाड़ बनाउनेछु। 15इस्राएलका घरानाको उत्तराधिकार उजाड़ हुँदा तैंले रमाहट गरिस्। यसैकारण म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु। हे सेइर पर्वत, तँ, सारा एदोमसमेत उजाड़ हुनेछस्। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्’।”
Currently Selected:
इजकिएल 35: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012